पर्वतको जलजला गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न

अधिवेशनले, स्वीकृत ३९ वटा योजनाको बजेट थपघट तथा रकमान्तर गरेको छ

जनसम्मत
पौष २८, २०८१, आइतबार

पर्वतको जलजला गाउँपालिकाको १८ औं गाउँसभा तथा हिउँदे अधिवेशन आइतबार सम्पन्न भएको छ।

अधिवेशनले चालु आर्थिक बर्षका लागि स्वीकृत भएका ३९ वटा योजनाको बजेट थपघट तथा रकमान्तर गरेको छ।

गाउँशभाका अध्यक्ष राजुप्रसाद आचार्यले गाउँपालिकाको हालसम्मको खर्च तथा उपलब्धी प्रस्तुत गरेका हुन्।

चालु आर्थिक वर्षको बजेट ३६ करोड ७८ लाख ६१ हजार रूपैयाँमध्ये हालसम्म १३ करोड ४५ लाख ४७ हजार खर्च भएको र पुँजिगत तर्फ १३ करोड ४५ लाख ५२ हजार रूपैयाँमध्ये २ करोड १२ लाख ५ हजार रूपैयाँ खर्च भएको आचार्यले बताए।

पालिकाले चालु आर्थिक वर्षमा ७५ लाख २५ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

पालिकाले विभिन्न शाखाले गरेका काम प्रगतिको बारेमा पनि अधिवेशनमा प्रस्तुत गरेको थियो।

पालिकाले सुरू गरेको एम्बुलेन्स सेवाबाट १६० जनाले निशुल्क र १३३ जनाले शशुल्क सेवा लिएको र उक्त सेवाबाट ४ लाख ७७ हजार रूपैयाँ आम्दानी गरेको आचार्यले जनाए।

पालिकामा न्यायिक समितिमा हालसम्म १७ वटा उजुरी परेको जानाकारि दिएका छन्।

पालिकाले पुर्वाधारतर्फ पनि वडा न ३ वडा ४ वडा ८, वडा नम्बर ७ मा पुर्बाधार निर्माण काम सम्पन्न तथा सम्झौता भएको अधिवेशनमा जानकारी गराएको हो।

उक्त कार्यक्रममा न्यायिक तथा बिभिन्न बिधेयक तथा ऐनहरू प्रस्तुत गरेका थिए।

भेषनाथ आचार्यले संचालन गरेको कार्यक्रममा वडाध्यक्ष, सदस्य, कार्यपालिका सदस्य पत्रकारलगायको उपस्थिति थियो।