बेलायती अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफी बुधबार पोखरा आएका छन्।
नेपाली सेनाको विमानमार्फत पुगेका उनीहरूलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले स्वागत गरेका थिए।
अधिराजकुमार र अधिराजकुमारीको पोखरा भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ गर्नाका साथै पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति र आतिथ्यलाई अन्तरराष्ट्रिय रूपमा प्रवद्र्धन गर्ने विश्वास लिइएको महानगर प्रमुख आचार्यले बताए।
पोखरा भ्रमणका क्रममा उनीहरुले यहाँका पर्यटकीय गन्तव्यको अवलोकन गर्नेछन्।
पोखराको बगरस्थित ब्रिटिस क्याम्पमा शुक्रबार हुने कार्यक्रममा सहभागी हुने बताइएको छ।