आहा ! रारा गोल्डकपः भारतको थन्डरबोल्ट क्वाटरफाइनलमा

चौथो प्रि–क्वाटरफाइनलमा थन्डरबोन्टले संकटालाई ३–१ गोलले हरायो

जनसम्मत
माघ २५, २०८१, शुक्रबार

भारतको थन्डरबोल्टले आहा ! रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ।

काठमाण्डौंको संकटा क्लबलाई हराउँदै पाहूना टोली भारतको थन्डरबोल्टले आहा ! रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको हो।

पोखरा रंगशालामा आज (शुक्रबार) भएको चौथो प्रि–क्वाटरफाइनलमा थन्डरबोन्टले संकटालाई ३–१ गोलले हरायो।

थन्डरबोल्टका फ्रान्कलिन कुटे टाला, करन राई र आदर्श तामाङले गोल गरे।

संकटाका मनिष पौडेलले एकमात्र गोल गरे।

अब, थन्डरबोल्टले क्वाटरफाइनलमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग खेल्नेछ।

प्रतियोगितामा ३ वटा विदेशीसहित १२ वटा टोलीले प्रतिस्पर्धा गरेका छन्।

२४ औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ।

प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ।

त्यसैगरी, उपविजेताले ६ लाख १ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ।