थाइल्यान्डले जित्यो त्रिदेशीय महिला टी–२० श्रृंखलाको उपाधि

श्रृंखलाको अन्तिम खेलमा नेपाल ७ विकेटले पराजित, नेपालको लगातार ६ वटै खेलमा हार

जनसम्मत
माघ २५, २०८१, शुक्रबार

त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि थाइल्यान्डले जितेको छ।

काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (शुक्रबार) भएको श्रृंखलाको अन्तिम खेलमा नेपाललाई ७ विकेटले हराउँदै शीर्ष स्थानमा रहेर थाइल्यान्डले उपाधि जितेको हो।

नेपालले दिएको ८२ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।

थाइल्यान्डका कप्तान नरुमोल चाइवाईले सर्वाधिक २७ रन बनाइन्।

त्यसैगरी, नन्नापट सुवनचोन्रथीले २३ रन बनाइन्।

नेपालकी कप्तान इन्दु बर्माले २ विकेट लिइन्।

यस्तै, पूजा महतोले १ विकेट लिइन्।

यसअघि, टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनायो।

नेपालकी सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन्।

थाइल्यान्डकी ओनिचा कम्चोम्फुले ३ विकेट लिइन्।

थाइल्यान्ड ६ खेलमा १० अंकसहित तालिकाको शीर्ष स्थानमा रह्यो।

यस्तै, नेदरल्यान्ड्स ६ खेलमा ८ अंकसहित दोस्रो स्थानमा रह्यो।

नेपालले लगातार ६ वटै खेल हारेर अंकविहीन हुँदै पुछारमा रह्यो।

नेपालले थाइल्यान्ड र नेदरल्यान्ड्ससँग ३/३ पटक हार खेप्यो।

यसैबीच, पूजा महतो प्रतियोगिताको उत्कृष्ट नेपाली खेलाडी बन्दै स्कूटर जितेकी छिन्।

पूजाले श्रृंखलाका ६ वटा खेलमा १३४ रन जोडेकी थिइन्।

त्यस्तै, पूजाले ३ विकेट लिएकी थिइन्।