४ देशीय अन्तराष्ट्रिय महिला फुटबल च्याम्पियनसीपमा नेपालले लगातार दोस्रो जीत निकालेको छ।
काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विहीबार भएको खेलमा लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसीपको फाइनलमा समेत पुगेको छ।
नेपालले आफ्नो दोस्रो खेलमा लेबनानलाई १–० गोलले हरायो।
नेपालकी सावित्रा भण्डारीले खेलको ४२ औं मिनेटमा गोल गरिन्।
प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो।
नेपालले पहिलो खेलमा कीर्गिस्तानलाई १–० गोलले हराएको थियो।
अब, नेपालले उपाधिका लागि म्यानमारसँग खेल्नेछ।
नेपालको जीतसँगै म्यानमार पनि फाइनलमा पुगेको हो।
आजै, भएको खेलमा म्यानमारले कीर्गिस्तानलाई ५–० गोलले हराउँदै लगातार दोस्रो जीत हासिल गरेको हो।
म्यानमारले पहिलो खेलमा लेबनानलाई ३–१ गोलले हराएको थियो।
अब, समूह चरणको अन्तिम खेलमा आउँदो आइतवार दिउँसो २ बजे कीर्गिस्तान र लेबनान तथा बेलुकी ६ बजे नेपाल र म्यानमार खेल्नेछन्।
फाइनल खेल फागुन १४ गते हुनेछ।