पत्रकार कृष्णमणि बराललाई प्रेस क्लब पत्रकारिता पुरस्कार प्रदान

पुरस्कार राशि ५० हजार रुपैयाँ छ

जनसम्मत
फागुन २४, २०८१, शनिबार

पोखराका कृयाशील पत्रकार कृष्णमणि बराल प्रेस क्लब पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।

प्रेस क्लब गण्डकीद्वारा स्थापना गरिएको पुरस्कार बराललाई प्रदान गरेको हो।

प्रमुख अतिथि संघीय संसदका सभामुख घिमिरेले बराललाई नगद ५० हजारसहित दोसल्ला ओढाएर पुरस्कार प्रदान गरेको हुन्।

पत्रकारिताको माध्यमबाट पर्या पर्यटन, वातावरण र गिद्ध संरक्षणमा योगदान पुर्‍याएको भन्दै पत्रकार बराललाई प्रेस क्लबले सम्मान गरेको हो।

पत्रकार बराल २ दशक अघिदेखि पोखराको पत्रकारिता क्षेत्रमा कृयाशील छन्।

उनी, हाल अन्नपूर्ण पोस्टमा कार्यरत छन्।

पुरस्ककृत पत्रकार बरालले प्रेस क्लब गण्डकीले व्यवसायिक पत्रकारिताको पक्षमा काम गर्न सुझाव दिए।