‘घिराम्ला टिपेर पकाउ आमा तरकारी,
त्यो तिते करेली खान्न म त नाई नाई ।
धेरै कर नलाउन हे मेरी आमै,
त्यो पापी घरमा जान्न म त नाई नाई ।।’
पोखरा । वरिष्ठ लोक गायिका एवं हरिदेवी कोइरालाले यस पटकको तीजमा प्रस्तुत तीजको गीत ‘तिते करेली’ लिएर आएकी छन् ।
म्युजिक भिडियोको हालैमात्र युट्युबमार्फत सार्वजनिक भएको छ ।
प्राज्ञ समेत रहेकी कोइरालाले गीतमा स्वर भरेकी छन् । कोइरालाकै शब्द रचनामा ‘तिते करेली’ गीत तयार भएको हो । ग्रामीण भेगमा प्रयोग हुने चलनचल्ती, परम्परा र संस्कृतिका मौलिक शब्दहरुलाई कोइरालाले गीतमा टपक्क टिपेकी छन् । गीतको लय पनि नेपाली मौलिकतामै आधारित छ ।
मोडल पूजा जोशीले गीतमा फिचरिङ गरेकी छन् । भागी गाहा मगरले नृत्य निर्देशन गरेकी हुन् । ललितसिंह साउदले म्युजिक भिडियोको सम्पादन गरेका हुन् । शेरबहादुर डीसीले निर्देशन गरेको भिडियोको सुरेश श्रेष्ठले छायांकन गरेका हुन् । सञ्जयले एरेञ्ज भरेको गीतमा श्याम मल्लले श्रृंगार गरेका छन् ।