पोखरा । नेपालको यू–१९ क्रिकेट टिम इङ्ल्याण्डको मेरिलबोन क्रिकेट क्लब (एमसीसी)सँग ३८ रनले पराजित भएको छ ।
भारतमा हुने च्यालेन्जर्स ट्रफी खेल्न जाने नेपाली यू–१९ टिमले एमसीसीसँग खेलेको हो ।
एमसीसीले दिएको ३३५ रनको लक्ष्य पछ्याएको नेपालको युवा टिमले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २९६ रन बनायो ।
नेपालका लागि विकेटकीपर ब्याट्सम्यान हरिबहादुर चौहानले सर्वाधिक ५१ रन बनाए ।
त्यस्तै, कप्तान ऋत गौतमले ४३ रन बनाउँदै आउट बने ।
नेपालका लागि अरुण ऐरी र आकाश चन्दले समान ३०÷३० रन बनाए ।
खडक बोहराले २५ रन जोडे । लोकेश बम १४ रनमा पेभेलियन फर्किए ।
विशाल केसीले १३ रन बनाए । कुशल मल्लले ६ रनको मात्रै योगदान गरे ।
प्रतिश जिसीले ४ रनको योगदान दिए ।
अन्तिमसम्म क्रिजमा शेर मल्ल २८ तथा सागर ढकाल १ रनमा नट आउट रहे ।
एमसीसीसँग सोमबार नेपालको सिनियर टिमले एक दिवसीय प्रतियोगिता खेल्नेछ ।