प्याराग्लाइडिङ वल्र्र्डकपमा ३० देशका १२५ पाइलटहरुले प्रतिस्पर्धा गर्दै

फेडेरेशन एरोनोटिक इन्टरनेशनल (एफएआई) बाट लाइसेन्स प्राप्त प्यारा पाइलटले मात्रै वल्र्डकपमा सहभागिता जनाउन पाउनेछन्

जनसम्मत
माघ २०, २०७६, सोमबार

पोखरा । पोखरामा आगामी फागुनको ११ गतेबाट हुने प्याराग्लाइडिङ वल्र्ड कपमा नेपालसहित ३० देशका १ सय २५ पाइलटहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।

एसियन टुर–२०२० तथा १९ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीपको समेत नाम दिइएको प्याराग्लाइडिङको उक्त प्रतियोगितामा नेपालसहित ३० देशका १ सय २५ पाइलटहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक एवं नेपाल हवाई खेलकुद संस्थाका निर्वतमान अध्यक्ष योगेश भट्टराईले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

नेपालसहित अमेरिका, बेलायत, स्वीट्जरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, बेल्जियम, युक्रेन, चीन, जापान, भारत, कोरिया, इरान, भियतनाम तथा चाइनिज ताइपेइ, भियतनाम, इन्डोनेसिया, कजाखस्तानका पाइलटहरुले प्रतिस्पर्धा गर्ने संयोजक भट्टराईले बताए ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा पोखरामा पहिलो पटक प्याराग्लाइडिङको वल्र्डकप गर्ने तयारी गरिएको हो । फेडेरेशन एरोनोटिक इन्टरनेशनल (एफएआई) बाट लाइसेन्स प्राप्त प्यारा पाइलटले मात्रै वल्र्डकपमा सहभागिता जनाउन पाउने भट्टराईले बताए । उनले भने, ‘एफएआईको लाइसेन्सप्राप्त एवं ¥याङकिङमा रहेका पाइलटले वल्र्डकपमा सहभागिता जनाउन पाउनेछन् ।

संयोजक भट्टराईका अनुसार चीनबाट ११ जना पाइलटले प्रतिस्पर्धामा सहभागिता जनाउन आफनो नाम दर्ता गरिसकेका छन् । यद्यपी, पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण फैलिदैं गएको अवस्थामा चीनका पाइलटको सहभागितामा प्रश्न चिन्ह खडा भएको सन्दर्भमा संयोजक भट्टराईले अहिलेसम्म चीनिया पाइलट आउने निश्चित भएको स्पष्ट पारे ।

‘चीनिया पाइलटले क्यान्सिल गरिसकेको जानकारी आइसकेको छैन्,’ उनले भने, यद्यपी, अन्तिमसम्म निर्णयको प्रतिक्षामा छौं । अहिलेसम्म कन्फर्मकै अवस्था छ ।’

एक्युरेसी र क्रस कन्ट्री विधामा प्याराग्लाइडिङ प्रतिस्पर्धा हुनेछन । क्रसकन्ट्रीको लागि ७ टास्क पूरा गर्नुपर्छ । फागुन ११ गतेदेखि १७ गतेसम्म हुने प्रतिस्पर्धाको क्रसकन्ट्रीमा मौसमी समस्या आएको अवस्थामा एउटै दिनमा पाइलटले पूरा गरेको टास्क अनुसार क्रसकन्ट्रीको विजेता छानिने प्रतियोगिताका व्यवस्थापक विमल अधिकारीले जानकारी दिए । उनी २०१८ मा इण्डोनेसियमा आयोजित एशियन गेम्समा नेपालले क्रसकन्ट्रीमा रजत पदक जित्दा नेपालको तर्फबाट कप्तानी भूमिकामा थिए ।

प्रत्येक दिनको टास्क पूरा गर्ने खेलाडीले उत्कृष्टताको आधारमा पदक पाउनेछन् । प्रतिस्पर्धामा ओभरअल च्याम्पियनसीप खेलाडीसँगै १० औं स्थानसम्म आउने खेलाडीले ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् ।
महिलातर्फको विजेता एवं पाँचौसम्म आउने पाइलटले ट्रफी, पदक तथा प्रमाणपत्र पाउनेछन् । नेपाल हवाई खेलुकद संस्था (ना)का अध्यक्ष कृष्ण भण्डारीले हवाई रुट पर्ने ठाँउहरुमा समेत टास्क उडान गर्नुपर्ने भएकोले नागरिक उडड्यन प्राधिकरण समक्ष निवेदन दिइएको उल्लेख गरेका छन् ।

वल्र्ड कप सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्च हुने अनुमान छ । वल्र्डकपका लागि नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार र स्थानीय सरकारको सहकार्य रहनेछ । नेपाल हवाई खेलकुद संस्था नेपालका सदस्य कम्पनी, पाइलट र सहभागिता शुल्कबाट आम्दानी हुने बताइएको छ ।

नेपाल पर्यटन बोर्र्ड पोखराका प्रमुख डा काशीराज भण्डारीले शाहसिक खेलकुदका लागि बोर्डले प्रबद्र्र्धनात्मक सहयोग गर्दै आएको उल्लेख गरे । उनले भने, ‘पर्यटन प्रबद्र्धनका लागि शाहसिक खेलकुद महत्वपूर्ण छ । आगामी दिनमा यस्ता प्र्रतियोगिताहरु बढि भन्दा बढि हुनुपर्छ । यस्तो प्रतियोगितालाई बोर्डले प्रबद्र्धनात्मक सहयोग गर्नेछ ।’

पाइलटको उद्दार एवं सुरक्षा व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले लिएको छ । नेपाली सेनाका प्रमुख सेनानी अर्जुन बस्नेतको संयोजनमा बस्नेतले कार्यक्रमको सुरक्षा व्यवस्थापन रहनेछ ।

प्रमुख सेनानी बस्नेतले वल्र्र्डकपमा नेपाली सेनाको समेत सहभागिता रहने जनाए । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि नेपाली सेनाले प्याराग्लाईडिङतर्फ चासो दिदैं आएको महासेनानी बस्नेतको भनाई छ । उनले नेपाली सेनाको तर्फबाट पाइलट सागर जलारीले वल्र्डकपमा प्रतिस्पर्धा गर्ने बताए ।

‘स्पोर्ट्स टुरिजम’ प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित प्याराग्लाइडिङ वल्र्डकपले यसअघि पोखरामै दुई पटक प्रि–वल्र्डकप प्याराग्लाइडिङ च्याम्पियनसीप आयोजना भइसकेको छ ।