विश्वका सबैभन्दा पाको उमेरका पुरुषले भेनेजुएलामा आफ्नो १ सय १३ औँ जन्मोत्सव मनाएका छन्।
उनले एक गिलास उखुको रस पिउँदै आफ्नो जन्मदिन मनाएका हुन्। उनले आफ्नो जन्मोत्सवमा उपस्थित सबैलाई धन्यवाद दिएका छन्।
जन्मदिन मनाउने क्रममै उनले आफ्नो दीर्घायुको रहस्य घरेलु कडा रक्सी अर्थात् सस्तो ठर्रा भएको सार्वजनिक गरेका छन्।
करिब २ साताअघि मात्र गिनिज वल्र्ड रेकडर््सले औपचारिक रूपमा हुवाँ भिसेन्टे मोरालाई विश्वकै सबैभन्दा जेठो पुरुषको उपाधि प्रदान गरेको थियो। मोराका ४१ जना नाति नातिना, १८ जना पनाति पनातिना र १२ जना खनाति खनातिना छन्।
उनले हरेक बिहान एक कप कफीबाट दिन सुरु गर्ने र दिनमा एक गिलास सख्खरबाट बनेको घरेलु रक्सी खाने बताएका छन्।
उनको जन्मदिनमा बोल्भरियन नेसनल गार्डका सदस्यहरू पनि सहभागी भएका थिए।
उनले आफूले पिउने न्यूनतम २९ र अधिकतम ६० प्रतिशत अल्कोहल भएको रक्सीलाई अंग्रेजी भाषामा अनुवाद गरेर ‘फायर वाटर’ भन्छन् ।
भेनेजुएलामै एकसय वर्ष बाँच्ने पहिलोे व्यक्ति मोरा सबैलाई सल्लाह दिन्छन्, ‘कडा परिश्रम र बिदाका दिनमा आराम गर, बेलुका समयमै सुत्नु, दिनको एक गिलास रक्सी पिउनु, भगवानलाई प्रेम गर र उनलाई सदैव आफ्नो हृदयमा बोकेर हिँड।’
उनको परिवारका एक मित्रले उनी अझैपनि बेसुर नभएको बताउँछन्। डाक्टरहरूले पनि उनमा बुढ्यौलीको कारण कान नसुन्ने र उच्च रक्तचाप बाहेक अन्य कुनै समस्या नरहेको र उनले अहिलेसम्म कुनै औषधि पनि खानु नपरेको बताएका छन्।
एजेन्सी