नव प्रवेशी गुजरात टाइटन्सले पहिलो सिजनमै इण्डियन प्रिमियर लिग (आईपीएल) च्याम्पियन बनेको छ।
आइतबार राति भएको खेलमा गुजरातले राजस्थानलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो।
राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ दशमलव १ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।
शुभमल गिल ४५ र डेविट मिलर ३२ रनमा नटआउट रहे। गिलले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे। कप्तान हार्दिक पान्ड्याले ३४ रन थपे। तेस्रो विकेटका लागि गिल र हार्दिकले ६३ रनको साझेदारी गर्दै इनिङ्स उकासेपछि गुजरातले सहज जित निकालेको हो। राजस्थानका प्रसिद्ध कृष्ण, ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले १/१ विकेट लिए।
त्यसअघि, अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३० रनको योगफल तयार पारेको थियो।
ओपनर जस बटलरले सर्वाधिक ३९ रन जै राजस्थानका लागि सर्वाधिक रह्यो। ओपनर यशस्वी जैसवाल २२ रनमा पवेलियन फर्के। रियान परागले १५ र कप्तान सञ्जु स्यामसन १४ रनमा आउट भए।
शिम्रन हेटमायर र ट्रेन्ट बोल्टले समान ११ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। गुजरातका लागि कप्तान हार्दिक पान्ड्या एक्लैले ३ विकेट लिए।
राजस्थान रोयल्सको १४ वर्षपछि इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जित्ने सपना यो पटक पनि अधूरै रह्यो। राजस्थान सन् २००८ पछि पहिलो पटक उपाधि जित्ने योजनामा थियो।