आचार्ये थरका धनाढ्य घरका, सपन्नताका धनी।
खोज्दैछन् रस काब्यका कविहरू, श्रष्टा कहाँ छौ भनी।।
सा¥है शून्य भयो नि आज चँुदीका, जंघार खोल्सी खोला।
हृनद्वै हो कि कतै कि संगी मिलनै, बोकेर हिँड्यौ झोला।।
बाँधेथे पटुकी लबेद सुरुवाल, टोपी छ लौ माथमा।
तिल्चामल सरिझैं कपाल उनको,रामायण हातमा।।
चौताराबीचमा बसेर बटुवा, झोला कसेको थियो।
बाजे ढोग गरें भनेर नजिकै, घाँसी बसेको थियो।।
औधी अर्ति अजम्बरी हुने, दियो, घाँसी भयो रे गुरु।
आफ्ना कीर्ति सबै फिजाउन यहाँ, तिम्रा दिनै भो सुरु।।
रम्घाका तीरमा बसेर उनले, सम्झे ति गाथाहरु।
चिन्ता ब्याकुल भै ति ग्रसित भए, बग्थे बेदना अरु।।
स्वस्ती जो गर्दै अदालतमहा, पुग्दैथिए रे तिनी।
एउटा शून्य शिला अमुक जनझैं, बोलेन कोही पनि।।
तोप्तीघ्रे सरिझैं अदालतमहा, देखे बिचारीहरु।
पाऊँ तारिख लौ न झट्ट अबता, सा¥ैह बिरामी म छु।।
भग्नै चित्त थियो सुनेन उसले, बिन्ती बिसाए पनी।
उल्टै जिस्क्याउने बिचारी जनले, बाजे बिरामी भनी।।
लौ मुद्दा छिनिदे दुखै अति भई, गर्थे गुनासो यिनी।
डीठ्ठा निर्घिणी थिए मजाक गर्ने, यस्तै बिचारी पनी।।
काँपे थुर्थुर चाल बिग्रिन गयो, बिग्रेर झंकार यो।
हुंकारेर अहामहा सठमनै, त्यो मुर्ख कंकाल भो।।
तारेखै नमिली दिनभर यसै, बिन्ती बिसाए अरु।
जँघे बाघ सरी गजक्क परने, डिठ्ठा बिचारीहरु।।
छन्दः सार्दूलबिक्रीडित
वसन्त चालिसेको फेसबुकबाट साभार।