अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्सको भाइरस संक्रमणका कारण मृत्यु भएको छ।
मंकीपक्स भाइरस संक्रमणका कारण ब्रजिलका १ जना ४१ वर्षीय पुरूषको मृत्यु भएको हो।
उनी लिम्फोमा र कमजोर प्रतिरक्षा प्रणालीबाट पीडित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ब्राजिलमा हालसम्म १ हजार ६६ जनामा मंकीपक्स पुष्टि भएको छ।
त्यस्तै, स्पेनले पनि भाइरससँग जोडिएको पहिलो मृत्यु घोषणा गरेको छ। मंकीपक्सबाट मृत्यु भएको युरोपमै स्पेनको यो पहिलो घटना हो। भाइरसबाट स्पेन सबैभन्दा संक्रमित देशमध्ये एक हो। अहिलेसम्म ४ हजार २९८ जनामा मंकीपक्स देखिएको छ। तीमध्ये १३० जना अस्पताल भर्ना भएका छन्।
एक साताअघि विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो।
मंकीपक्स भाइरसका कारण मंकीपक्स रोग लाग्छ। विज्ञहरुका अनुसार यो भाइरस बिफर रोग गराउने भाइरसकै वर्गमा पर्छ। संक्रमण भएपछि ठेउलाको जस्तो फोका देखिन्छ। संक्रमित व्यक्तिको सम्पर्कमा आउने अन्यमा पनि यो भाइरस सर्न सक्छ।
ज्वरो आउने, टाउको दुख्ने, ढाड दुख्ने, मांसपेशी दुख्ने जस्ता समस्या यो रोगका लक्षण हुन्।