पोखराका क्रियाशील पत्रकारहरु तिमिल्सिना र गुरुङलाई पत्रकारिता पुरस्कार

जनसम्मत
श्रावण २०, २०७९, शुक्रबार

पोखराका क्रियाशील पत्रकारद्वय रामप्रसाद तिमिल्सिना र राम गुरुङलाई गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पुरस्कृत गरिएको छ।

गुरुङलाई वि.सं. २०७७ र तिमिल्सिनालाई वि.सं. २०७८ को पुरस्कार प्रदान गरिएको हो। पुरस्कार राशी जनही २५/२५ हजार एक रुपैयाँ, दोसल्ला र सम्मानपत्र रहेको छ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराई, गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारी र पुरस्कार स्थापना गर्ने स्व. पत्रकार गजेन्द्र भण्डारीका परिवारजनले पुरस्कार प्रदान गरेका हुन्।

पत्रकार तिमिल्सिना महासंघ कास्कीका उपाध्यक्ष हुन्। गुरुङ लामो समयदेखि फोटो पत्रकारितामा आबद्ध छन्। पोखरा–११ फूलबारीका पत्रकारसमेत रहेका स्व भण्डारीको स्मृतिमा उनको परिवारजनबाट स्थापना गरेको पुरस्कारबाट वर्षेनी १ जना पत्रकार/ सञ्चारकर्मीलाई पुरस्कृत गर्दै आएको छ।