५ सयले घट्यो सुनको मूल्य

जनसम्मत
श्रावण २६, २०७९, बिहीवार

सुन चाँदी बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँ तोकिएको छ।

पहेँलो धातु अघिल्लो दिन (बुधबार) प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ६ सय रुपैयाँ थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो दिन (बुधबार)को कारोबार मूल्यको तुलनामा प्रतितोला ५ ले घटेर १ हजार २ सय २५ तोकिएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्ने गरेको छ।