साफ च्याम्पियनसीप खेल्ने नेपाली महिला टोलीको घोषणा

जनसम्मत
भाद्र ११, २०७९, शनिबार

आगामी भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा हुने साफ महिला च्याम्पियनसीप २०२२ को लागि अन्तिम टोलीको घोषणा गरेको छ।

मुख्य प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

प्रतियोगिताको समूह ‘बी’ मा नेपालसहित भुटान र श्रीलंका छन्। डिफेन्डिङ च्याम्पियन भारत रहेको समूह ‘ए’ मा माल्दिभ्स, बंगलादेश र पाकिस्तानसँग छन्।

नेपालले उद्घाटन खेलमा सेप्टेम्बर ६ मा भुटानसँग खेल्नेछ भने सेप्टेम्बर १२ मा श्रीलंकासँग खेल्नेछ। प्रत्येक समूहका शीर्ष २ टोलीले सेमिफाइनल खेल्नेछन्।

अन्तिम टोली :

गोलकिपर : अन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ

डिफेन्डर : हिरा कुमारी भुजेल, अमृता जैसी, गीता राणा, पुनम जर्घामगर, निशा थोकर, समीक्षा घिमिरे, विमला वि.क.

मिडफिल्डर : विमला चौधरी, मञ्जलीकुमारी योञ्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी

फरवार्ड : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ

हेर्नुहोस, ग्रुप खेलतालिलका