६ सय रुपैयाँले घट्यो सुनको मूल्य

जनसम्मत
भाद्र १३, २०७९, सोमबार

नेपाली बजारमा सुनचाँदीको मूल्य आज दोस्रो दिन (सोमबार) पनि घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (आइतबार)को तुलनामा सोमबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

अघिल्लो दिन (आइतबार) प्रतितोला ९५ हजार १ सय रुपैयाँ रहेको छापावाल सुनलाई आज ९४ हजार ५ सय रुपैयाँ र ९४ हजार ६ सय रुपैयाँ रहेको तेजावी सुनलाई ९४ हजार रुपैयाँ पर्नेछ।

यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ। आइतबार प्रतितोला १ हजार १ सय ६० रुपैयाँ रहेको चाँदी सोमबार घटेर १ हजार १ सय ४५ रुपैयाँमा कारोबार हुने भएको हो।