१००० रुपैयाँले घट्यो सुनको मूल्य

जनसम्मत
भाद्र २२, २०७९, बुधबार

नेपाली सुनचाँदी बजारमा तोलामै १ हजार रुपैयाँले सुनको मूल्य घटेको छ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार ९४ हजार रुपैयाँ रहेको छापावाल सुन बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको थियो।

त्यस्तै, महासंघका अनुसार बुधबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर ११ सय १० रुपैयाँ कायम भएको छ।