पोखराका १३ मासु व्यवसायीलाई जरिवाना

जनसम्मत
असाेज ६, २०७९, बिहीवार

पोखरा महानगरपालिकाले पोखराका विभिन्न मासु पसल अनुगमन गरेको छ।

पोखरा महानगरले दसैं, तिहारलाई लक्षित गरी अनुमगन सुरु गरेको हो।

नयाँ जनप्रतिनिधि आएपछि पहिलो पटक महानगरले पहिलो पटक मासु पसलबाट अनुगमन सुरुआत गरेको हो। पोखराको रामबजार, जिरो किमी, बगर, ट्याक्सीचोक र अमरसिंहचोक क्षेत्रका मासु पसलमा अनुगमन भएको हो।

समितिले दर्ता, मूल्यसूची र सरसफाई र मापदण्डको अनुगमन गरेको थियो। सो क्रममा २५ मासु व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको महानगर पशुसेवा कार्यालय पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिएका छन्। अनुगमन समितिले लिङ पहिचान नभएको शंकामा ७ केजी मासु जफत गरेको छ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जनस्वास्थ्यलाई ध्यानमा राखेर अनुगमन गरेको बताए।

उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले मासु खुला रुपमा राखिएको, मापदण्ड विपरीत पसल सञ्चालन भएको र प्रजनन अंग पहिचान नभएका पशुको मासु बिक्री भएको देखिएको जनाए।

पोखरा महानगरपालिकाकी कार्यावहाक प्रमुख एवं महानगर बजार अनुगमन समिति संयोजक मञ्जुदेवी गुरुङले चाडपर्वमा मासुको अत्यधिक प्रयोग हुने भएकाले मासु पसलबाट अनुगमन सुरुवात गरिएको बताइन्।