प्रचण्डले गोरखा–२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराए

जनसम्मत
असाेज २३, २०७९, आइतबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा–२ बाट आगामी मंसीर ४ गते हुन गइरहेको आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।

अध्यक्ष प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेको डा. बाबुराम भट्टराईको सो निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका हुन्।

प्रचण्ड आइतबार भट्टराई र माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लिएर गोरखा पुगेका थिए। उनले नेताद्वयलाई दायाँ–बायाँ राखेर उम्मेदवारी दर्ता गराएका छन्।

प्रचण्डले हरेक निर्वाचनमा क्षेत्र परिवर्तन गरेर उम्मेदवारी दिने गरेका छन्। २०६४ को निर्वाचनमा काठमाडौं र रोल्पाबाट निर्वाचन जितेका उनले २०७० सालको निर्वाचनमा भने काठमाडौंसहित सिराहाबाट उम्मेदवारी दिएका थिए। त्यसैगरी, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन–३ बाट निर्वाचन जितेका उनी यसपटक भने गोरखा पुगेका छन्।