मंसीर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लमजुङमा सत्ता गठबन्धनका देवप्रसाद गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गराएका छन्।
संघतर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महासचिव गुरुङ र एमालेका उपमहासचिव गुरुङबीच प्रतिस्पर्धा हुने भएको हो।
माओवादी केन्द्रका महासचिव गुरुङलाई गठबन्धनले अघि सारेको हो। प्रदेश सभातर्फ प्रदेश ‘क’ मा काँग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङलाई र ‘ख’ मा काँग्रेसकै निवर्तमान सभापति भेषबहादुर पौडेललाई अघि सारेको छ।
एमालेले भने प्रदेश सभा ‘क’ मा संविधान सभा सदस्य जमिन्द्रमान घले र प्रदेश सभा (‘ख’मा जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई अघि सारेको छ।