नेपाली सेनाका तुलाराम महतोद्वारा नवौं राष्ट्रिय खेलकुद अन्तरगत भएको भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन्।
महतोले ५५ केजीको क्लिन एण्ड जर्कमा १०२ केजी र कुलमा १८९ केजी गरि २ कीर्तिमान बनाउन सफल भएका हुन्। उनले स्न्याचमा भने ८७ केजी भार बहन गरे।