राष्ट्रिय खेलकुद समापनः पोखरा महानगरले दियो विशेष बिदा

जनसम्मत
कार्तिक ३, २०७९, बिहीवार

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका अवसरमा पोखरा महानगरले आज (बिहीबार) एक दिन विशेष बिदा दिएको छ।

महानगरले एक सूचना जारी गरी राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि महानगरपालिकाका महाशाखा तथा शाखा, वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय एवं मन्टेश्वरीमा दिउँसो १ बजेपछि विशेष बिदा दिइएको जनाएको छ।

महानगरले समापन समारोहमा महानगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालयमा कार्यरत कर्मचारी, शिक्षक, विद्यार्थी, सामाजिक संघसंस्थालाई सहभागी हुनसमेत आग्रह गरेको छ।

महानगरले नागरिक समाज, आमा समूह, टोल विकास संस्था, युवा क्लब, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलगायत आम नगरवासीलाई दिउँसो २ बजे नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा उपस्थित हुन पनि अनुरोध गरेको छ।

प्रदर्शनी केन्द्रबाट जम्मा भएर बृहत् सहभागिताबीच पोखरा रंगशालामा प्रवेशको कार्यक्रम रहेको महानगरले जनाएको छ।