Author Archive »

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले लिए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। वैशाख १४ गते गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भई १५ गते शपथ लिएका पाण्डेले मागेको विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ मत परेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सासंद तटस्थ रुपमा वसेका छन्। पाण्डेलाई आफ्नै दल नेपाली…

पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक, तयारी पूरा

सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक गरिएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा बिहिबार पोखरामा पत्रकार सम्मेलनबीच ट्रफी सार्वजनिक गरेको हो। अवार्डको ट्रफी प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव घनश्याम पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्षद्धय विनोद लामिछाने र केशव पाठक, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी,…

पोखरा स्पोर्ट्स अवार्डः रौनकता बढ्दै, तयारीमा तिव्रता

गण्डकी प्रदेशकै गौरवको रुपमा रहेको सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तिव्रता दिइएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजनामा गरेको अवार्ड कार्यक्रम यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा सुरु हुनेछ। अवार्ड कार्यक्रमलाई भव्य बनाउन गठन भएका मुल आयोजक समितिसहित विभिन्न १३ वटा उपसमितिले आफ्नो तयारीलाई अन्तिम चरणमा पु¥याएको मञ्चका…

पोखराका पत्रकार सिग्देललाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान

नेपाल पत्रकार महासंघ कास्कीका सह–सचिव श्रीराम सिग्देल राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित हुने भएका छन्। चलचित्र पत्रकार संघ कास्कीका संस्थापकसमेत रहेका अध्यक्ष सिग्देललाई चलचित्र पत्रकार संघ नेपालले आगामी जेठ ७ गते संघको २४ औं वार्षिकोत्सवको अवसरमा सम्मान गर्न लागेको हो। सिग्देलसंगै अन्य ५ पत्रकार सम्मानित हुँदैछन्। २०५४ सालदेखि पोखरालाई कर्मथलो बनाई निरन्तर पत्रकारिता गर्दै आएका…

पोखराको हेमजामा तेस्रो संस्करणको हिले महोत्सव–२०८० हुने

पोखरा–२५ हेमजास्थित देवीस्थान सेवा समाजको आयोजनामा तेस्रो संस्करणको हेमजा हिले महोत्सव–२०८० हुने भएको छ। आगामी असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो। महोत्सव देवीस्थान टोल पोखरा २५ हेमजामा हुनेछ। आज (सोमबार) हेमजामा बसेको भेलाले हरिशरण पौडेलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ।…

सातौं पोखरा स्पोर्ट्स अवार्डः उत्कृष्ट महिला खेलाडीको टाइटल हात पार्न रोजिना, सावित्रा र सुस्मिताको दौड

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको उपाधि चुम्न ३ जना खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ। यसरी, प्रतिस्पर्धा गर्नेमा आर्चरीकी रोजिना थापामगर, फुटबलकी सावित्रा भण्डारी (साम्बा) र आइटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर छन्। उत्कृष्ट ३ को मनोनयनमा परेका रोजिना र सुस्मिता बागलुङका हुन्। सावित्रा भण्डारी (साम्बा) लमजुङ जिल्लाकी हुन्।…

श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र रहेको बताएका छन्। अन्तर्राष्ट्रिय मजदूर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पाण्डेले दिनरात श्रम गरेर हातमुख जोर्ने श्रमजीवीहरुको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गर्दै सबै वर्गका मजदुरहरुलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘विसं २००७…

सातौं पोखरा स्पोर्ट्स अवार्डः विद्याप्रसाद मर्सानीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिदैँ

बक्सिङ खेलका बरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अवार्डका लागि गठन गरेको प्रतिभा छनोट उपसमितिले गरेको सिफारिसको आधारमा ३५ वर्ष प्रशिक्षक भएरै खेलकुदमा जीवन अर्पण गरेका मर्सानीलाई अवार्ड प्रदान गर्न लागिएको हो। उपसमितिको सिफारिसलाई मञ्चको २३ औं…

पोखरा स्पोर्ट्स अवार्डः मेक्सम गौडेलको ‘स्ट्यान्ड अप कमेडी’

टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनबाट चर्चामा आएका विष्णुप्रसाद गौडेल उर्फ ‘मेक्सम गौडेल’ बैशाख २३ गते शनिबार पोखरामा आफ्नो प्रस्तुतीको लागि आउने भएका छन्। पोखरा सभागृह हलमा दिउँसो २ बजेबाट सुरु हुने सातौं पोखरा स्पोर्ट्स अवार्डमा दर्शकको अगाडि उभिएर विभिन्न विषयमा कटाक्ष गर्दै उनले हसाउँनेछन्। पछिल्लो समयमा दर्शकको आर्कषण देखिएको ‘स्ट्यान्ड अप कमेडी’लाई यस पटकको अवार्ड कार्यक्रममा…

सातौं पोखरा स्पोर्ट्स अवार्डः किशोर, निरज र सुरज वर्ष उत्कृष्ट प्रशिक्षक बन्ने दौडको होडमा

गण्डकी प्रदेशको खेलकुद क्षेत्रमा बेग्लै रौनकता प्रदान गर्दै आइरहेको पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणको मिति नजिकिदै छ। अवार्ड कार्यक्रम अन्तरगत भइरहेका गतिविधिका कारण बेग्लै रौनकता थपिरहेको छ। अवार्ड कार्यक्रम भव्य बनाउन आयोजकले मुल आयोजक समिति र १३ वटा विभिन्न उपसमिति निर्माण गरेको छ। यसरी निर्माण भएका मुल आयोजक समिति र उपसमितिले आफ्नो जिम्मेवारीको कामलाई तिव्रताका…