नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परंपरागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसको जगेर्ना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली नृत्य प्रस्तुत गर्ने गरिदैँ आएको छ। दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो। जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि…
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले सूचनाको हक र संचार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन्। राष्ट्रिय सूचना आयोगको आयोजना र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेशको सहकार्यमा भएको प्रदेशस्तरीय अनुगमन इकाई प्रमुखसँग ‘सूचनाको अधिकार : कार्यान्वयनको चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले प्रष्टट पारे, ‘सरकारी तथा सार्वजनिक निकायहरूको…
आमा तथा महिला समुहबीच हाँजिरीजवाफ प्रतियोगिताले कास्कीको लेखनाथमा जारी २० औ संस्करणको लेखनाथ महोत्सवमा माहोल बढाएको छ। हाँजिरीजवाफमा सोधिने महिला हक, अधिकार, कानुनका र समसामयिक प्रश्नमा उनीहरुको जवाफले महोत्सवको माहोल निकै रोचक बन्ने गरेको छ। कुनैबेला आउने अप्रत्यासित जवाफ र झटारो जवाफले कार्यक्रम झनै रोचक बन्दै गएको छ। घरमा आफना बाबु नानीहरुको गृहकार्य सिकाउन ब्यस्त…
पत्रकार दीपक उपाध्याय रक्तदान सद्भावना दूतमा नियुक्त बनेका छन्। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै पटक रक्तदान गरेका रक्तदाता उपाध्याय सद्भावना दूत बनेका हुन्। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पत्रकार उपाध्यायलाई रक्तदान सद्भाव दूत नियुक्त गरेको हो। धनगढीमा आज (आइतबार) निःशुल्क रक्त सेवा शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले सम्मानसहित उपाध्यायलाई रक्तदान सद्भावना दूत नियुक्त गरेका हुन्।…
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिवेशन आगामी माघ १० गते (बिहीबार) हुने भएको छ। मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा आज (आइतबार) पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको कार्यसमितिको ४६ औं बैठकबाट अधिवेशनको मिति तय गरिएको महासचिव राजाराम पौडेलले जानकारी दिएका छन्। अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। मञ्चमा ७४ जना खेलकुद बिटमा कलम चलाउने खेलकुद पत्रकारहरु…
२० औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको तेस्रो दिन (शनिबार) दर्शकहरुको लोभलाग्दो भिड बढ्यो। शनिबार बिदाको दिन समेत परेकाले महोत्सवमा अवलोकन गर्ने दर्शकहरुको संख्यामा उल्लेख्य वृद्धि भयो। महोत्सवको तेश्रो दिन शनिबार २५ हजार दर्शकहरुले अवलोकन गर्नुका साथै १ करोड बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचार–प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन्। महोत्सवमा शनिबार…
म्याग्दीका क्रियाशील पत्रकार सन्तोष गौतमलाई कृष्णसेन मदन स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। प्रेस सेन्टर नेपाल म्याग्दी शाखाको शनिवार बेनीमा सम्पन्न पाँचौ जिल्ला सम्मेलनको अवसरमा पत्रकार गौतमलाई ७ हजार रुपियाँ नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो। प्रेस सेन्टर म्याग्दीले ९ वर्षअघि कृष्णसेन मदन स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको थियो। कार्यक्रममा गण्डकी प्रदेश…
डा. सन्दुक रुइत यस वर्षको श्रीपती समाजसेवा पुरस्कार–२०८१ बाट पोखरामा सम्मानीत भएका छन्। श्रीपती कोइराला गुठी पोखराको ३२ औं वार्षिक साधारण सभा अवसरमा गुठीद्वारा संचालित सो पुरस्कारबाट पोखरमा शनिबार डा. रुइतलाई सम्मान प्रदान गरिएको हो। पुरस्कार राशि नगद २ लाख २२ हजार २२२ रुपैयाँसहित दोसल्ला, सम्मानपत्र र पदक रहेको छ । ‘दृष्टिका देवता’ समेत भनेर…
पोखराका वरिष्ठ पत्रकार नारायण कार्की यस वर्षको श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट सम्मानीत भएका छन्। पोखरामा शनिबार आयोजित समारोहमा श्रीपती कोइराला गुठीद्वारा संचालित उक्त पुरस्कारबाट कार्कीलाई सम्मान प्रदान गरिएको हो। उनलाई नगद २२ हजार २२२ रुपैयाँसहित दोसल्ला र सम्मानपत्रसहितको सम्मान प्रदान गरिएको हो। पोखरा न्यूरोड निवासी कार्कीले पत्रकारिता माध्यमबाट सामाजिक सेवामा पु¥याएको योगदानको कदर स्वरुप उक्त…
नेपाल पत्रकार महासंघ, ताप्लेजुङ शाखाले प्रकाशन गरेको ‘ताप्लेजुङ संचार स्मारिका’ सार्वजनिक गरिएको छ। ताप्लेजुङको पत्रकारिता क्षेत्रकै एक दस्तावेजका रुपमा प्रकाशित ‘ताप्लेजुङ संचार स्मारिका’ सार्वजनिक गरिएको हो। नेपाल पत्रकार महासंघ, ताप्लेजुङ शाखाको नयाँ कार्यसमितिको पदस्थापना तथा सपथ कार्यक्रममा आज (शनिबार) पुस्तक सार्वजनिक (विमोचन) गरिएको हो। प्रतिनिधिसभा सदस्यहरु योगेशकुमार भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेबेलगायतले संयुक्तरुपमा संचार…