स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य बीमा रकम १ लाख रुपैयाँबाट ५ लाख पु-याउन स्रोतको खोजी भइरहेको बताएका छन्। बनेपामा शुक्रबार नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा आयोजित ३४ औँ केन्द्रीय सभाको उद्घाटन गर्दै मन्त्री पौडेलको भनाई थियो, ‘बीमा रकम ५ लाख पु-याउन विज्ञसहितको सुझाव समिति गठन गरिएको छ। विज्ञ टोलीले आज मात्रै सुझाव प्रतिवेदन…
पोखरा महानगरभित्र संचालन हुने कक्षा ८ को परीक्षामा होम सेन्टरको प्रावधान हटाइएको छ। परीक्षालाई थप व्यवस्थित गर्न परीक्षा केन्द्रहरु तोकिने भएको छ। होम सेन्टरका रूपमा विद्यार्थीहरूले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा संचालन गरिने भएको हो। शुक्रवार बसेको सरोकारवालासहितको महानगर शिक्षा समितिको बैठकले यस्तो…
कास्की जिल्ला माछापुच्छ्रे् गाउँपालिका न्यायिक समितिको आयोजनामा शुक्रवार जिल्ला स्तरीय न्यायिक समितिको सम्मेलन सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले कार्यक्रममा बोल्दै मेलमिलापकर्ताहरुले प्रशिक्षणको भरमा काम गर्दा कठिनाइहरु रहने औंल्याए। ‘न्यायिक समितिमा सम्बन्धित कानुन अध्यन गरेको व्यक्ति नै राख्न सके थप सहज हुन्छ’, गुरुङको सुझाव छ। मेलमिलापकर्ताले बास्तविक पीडितले न्याय पाउनेगरी जनताको हितमा काम गर्न…
पोखरा–१५ कार्यालयले आगामी माघ २ गतेदेखि आयोजना गर्न लागेको बृहत खेलकुद महोत्सवको तयारी तीब्रताका साथ अगाडि बढाएको छ। महोत्सव संयोजक तथा वडासदस्य आशिष भण्डारीकाअनुसार अघिल्ला दुई महोत्सवभन्दा यस पटकको खेलकुद महोत्सवलाई थप परिस्कृत र भव्य रूपमा सम्पन्न गर्नेगरी तयारी अघि बढाइएको छ। वडास्थित विभिन्न संघसंस्थाले पनि सहयोगी हात अघि बढाएका छन्। बालबालिकाको क्षेत्रमा कार्यरत ‘राईट…
२० औं संस्करणको लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा दर्शकहरुको आर्कषणको केन्द्र बनेको छ। हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकहरुको ध्यान तान्न सफल महोत्सवले यसपटक भने विश्व शान्तिको कामनाका साथ महोत्सव परिसरमा भगवान गौतम बुद्धको आकर्षक प्रतिमा स्थापना गरेको हो। महोत्सवमा स्थापना गरिएको उक्त प्रतिमाले बालबालिकादेखि वृद्धवृद्धाहरुसम्मको ध्यान खिच्न सफल भएको छ। प्रतिमासँगै…
वातावरण संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय सन्धि, महासन्धिहरु पारित भएको भएपनि सरकारले त्यसको हालसम्म कार्यान्बयन नगरेकोमा वातावरणका अभियन्ताहरुले चिन्ता प्रकट गरेका छन्। प्रकृति–मानव केन्द्रित जन अभियानको शुक्रबारदेखि पोखरामा सुरु छैठौं राष्ट्रिय सम्मेलनमा सहभागीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन्। सम्मेलनको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले सरकारप्रति आक्रोस समेत पोखेका छन्। अभियानका पूर्व केन्द्रीय अध्यक्ष उत्तम कँडेलले ब्यापक बायु प्रदुषणकाकारण दक्षिण…
अबदेखि, विद्यार्थीहरुले घरमा काम गरेको पनि अंक पाउँदैछन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्यांकन गरेर नम्बर दिने निर्णय गरेको छ। परीक्षामा लेखेको आधारमा मात्र मूल्यांकन गर्न नहुने भन्दै मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामलाई मूल्यांकनमा जोड्न नम्बर दिने निर्णय गरेको हो। शिक्षा मन्त्री विद्या भट्टराईका अनुसार मूल्यांकनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास…
२० औँ संस्करणको लेखनाथ महोत्सव आज (बिहीबार) देखि सुरु भएको छ। लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा महोत्सव सुरु भएको हो। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने नाराको साथ आयोजना गरिएको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महोत्सवको उद्घाटन गरेका हुन्। महोत्सव उद्घाटनअघि विभिन्न जनजातिको भेषभूषामा झाँकीसहित…
सूर्यलाल बि.क., बागलुङको ताराखोला गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत बनेर आएका छन्। ताराखोला गाउँपालिकामा आज (बुधबार) एक कार्यक्रमबीच नब आगन्तुक प्रमुख प्रशासकीय अधिकृत बि.क. लाई स्वागत गरिएको छ। बि.क., संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय पर्यटन बिभागबाट ताराखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा सरुवा भई आएका हुन्। बागलुङ नगरपालिका–१२, अमलाचौरका बि. क. ले यसअघि जिल्ला…
बागलुङ नगरपालिका–९, तित्याङलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। पुस मसान्तसम्म बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने अभियानअन्तर्गत बागलुङ नगरपालिकाको वडा नं ९ तित्याङलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो। यसअघि, बागलुङ नगरपालिकाको वडा नम्वर ४, १३, १४, ११, १, २, ५,६, ७ र ३ लाई बालमैत्री स्थानीय शासन युक्त वडा…