Author Archive »

राष्ट्रिय खेलकुद: उसुमा सेनालाई १२, सशस्त्रलाई ९ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत उसु खेलमा विभागीय टिम नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र सशस्त्र प्रहरी बलको एपीएफ क्लवका खेलाडी हाबी भएका छन्। आर्मीले १२ स्वर्ण, ५ रजत र ५ कास्यसहित २२ पदक जित्दा, एपीएफले ९ स्वर्ण र ६ रजतसहित १५ पदक हात पारेको छ। विभागीय पुलिसले १ स्वर्ण, ३ रजत र ९ कास्की पदक…

राष्ट्रिय खेलकुद : महिला फुटबलमा एपीएफलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगितमा सशस्त्र प्रहरी बलको एपीएफले स्वर्ण जितेको छ। वालिङ खेल मैदानमा आज (बिहिबार) भएको फाइनल खेलमा अर्को विभागीय नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो। खेलको १० औँ मिनेटमा एपीएफकी सावित्रा भण्डारीले पहिलो गोल गरेर टोलीलाई अगाडी बढाएकी थिइन्। खेलकोे ५२ मिनेटमा सावित्राले…

राष्ट्रिय खेलकुद: पुरुष हक्कीमा आर्मीलाई स्वर्ण, गण्डकीलाई कास्य

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष हक्कीको फाइनलमा विभागीय नेपाल आर्मी विजयी भएको छ। हेम्जाको गौरीशंकर खेलमैदानमा विहीबार सम्पन्न फाइनलको टाइब्रेकरमा नेपाल आर्मी २–१ गोल अन्तरले विजयी भएको हो। खेल अवधिभर कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइबे्रकरमा आर्मीका रोशन चौधरी र प्रदीप राजवंशीले गोल गरे। यता, नेपाल पुलिसको तर्फबाट नविन…

राष्ट्रिय खेलकुद: पुरुष स्क्वासमा गण्डकी टिम च्याम्पियन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्क्वास खेलमा पुरुष टिम इभेन्टतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ। पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा विहीबार सम्पन्न फाइनल खेलमा गण्डकीका अमृत थापामगरले बागमती प्रदेशका अरहान्त सिन्हालाई ११–८, ११–६ र ११–८ अंकले पछि पार्दै ३–० को सोझो सेटमा पराजित गर्दा गण्डकीका दीपक थापाले वागमतीका अमिर ब्लोनलाई ११–७, १३–११ र ११–३ अंकले पछि…

राष्ट्रिय खेलकुद : पुरुष भलिबलमा एपीएफलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले स्वर्ण जितेको छ। पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार आर्मीलाई सोझो सेटमा पराजित गरेको हो। पहिलो सेट २५–२१ ले एपीएफको पक्षमा रह्यो। दोस्रो सेट प्रतिस्पर्धात्मक हुँदाहुँदै एपीएफले २७–२५ ले जित्यो। तेस्रो सेट पनि उत्तिकै रोचक बन्दा एपीएफले तेस्रो सेट पनि २६–२४ टुंग्याउँदा आर्मीले रजतमा चित्त बुझायो।…

राष्ट्रिय खेलकुद : खो:खो: महिलामा लुम्बिनीलाई स्वर्ण

नवौं राष्ट्रि खेलकुद प्रतियोगिता अन्तर्गत महिलातर्फ लुम्बिनी प्रदेशले स्वर्ण पदक हात पारेको छ। विभागीय टिम नेपाल आर्मीलाई १८–१६ ले पराजित गर्दै लुम्बिनी प्रदेशले स्वर्ण पदक पाएको हो। विभागीय आर्मीले रजत पदक जित्यो। राउन्ड रोबिन लिग आधारमा भएको खो:खो: प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिमले कास्य पदक जितेको छ। पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा तेस्रो स्थानका लागि भएको स्पर्धामा महिलातर्फ…

राष्ट्रिय खेलकुद : खो:खो: पुरुषमा आर्मीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालामा भएको खो:खो: प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ। विभागीय टिम आर्मीले लुम्बिनी प्रदेशलाई १४–१० को अंकले हराउँदै स्वर्ण पदक हात पारेको हो। पुरुषतर्फ बागमतीले प्रदेश–१ लाई नै हराउँदै कास्य पदक जित्यो। बागमतीले २८–७ अंकले प्रदेश–१ लाई पराजित गरेको हो। असोज ३० देखि सुरु भएको प्रतियोगितामा २…

राष्ट्रिय खेलकुद: आज अन्तिम दिन, प्रधानमन्त्री देउवाद्धारा समापन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज (बिहीबार) अन्तिम दिन। एक समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिताको समापन कार्यक्रम गर्दैछन्। प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्काअनुसार बिहीबार दिउँसो २:३० बजेपछि पोखरा रंगशालामा गरिने समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएको छ। यसअघि, गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए। समापन समारोहमा विभिन्न सांस्कृतिक…

राष्ट्रिय खेलकुद समापनः पोखरा महानगरले दियो विशेष बिदा

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका अवसरमा पोखरा महानगरले आज (बिहीबार) एक दिन विशेष बिदा दिएको छ। महानगरले एक सूचना जारी गरी राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि महानगरपालिकाका महाशाखा तथा शाखा, वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय एवं मन्टेश्वरीमा दिउँसो १ बजेपछि विशेष बिदा दिइएको जनाएको छ। महानगरले समापन समारोहमा महानगरपालिकाअन्तर्गतका सम्पूर्ण…

राष्ट्रिय खेलकुद: नेपाल प्रहरी टिम टेबलटेनिस च्याम्पियन

विभागीय नेपाल प्रहरी टिम नवौं राष्ट्रिय खेलुकदअन्तर्गत टेबलटेनिसमा च्याम्पियन भएको छ। पोखरामा बुधबार सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन बनेको हो। प्रतियोगितामा प्रहरीले ६ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दै टिम च्याम्पियन बन्न सफल बन्यो। बलियो प्रतिष्पर्धीका रुपमा रहेको शसस्त्र प्रहरीले १ स्वर्ण, ४ रजत र १ कास्य पदक जित्दै दोस्रो…