नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको बक्सिङ प्रतियोगितामा त्रिभूवन आर्मी क्लव ११ स्वर्णसहित च्याम्पियन बन्न सफल भएको छ। एपीएफले ४, बागमतीले ३, एनआरएनले २, गण्डकी प्रदेश, प्रदेश नं.१ र नेपाल पुलिसले समान १–१ स्वर्ण जितेको छ। प्रतियोगिताअन्तर्गत ४८ केजी तौल समूहमा आर्मीका सुशील थापाले स्वर्ण पदक जिते। उनले वागमती प्रदेशका रवीन थापालाई ५–० ले हराउँदै…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मीका रामप्रसाद थारुले एथलेटिक्स पुरुष ४०० मिटर हडल्समा स्वर्ण पदक जितेका छन्। थारुले ४ सय मिटर ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते। आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्डमा पूरा गर्दै रजत पदक जिते। एपीएफका तिरप्रताप महतोले ५३.९२ सेकेन्डमा पार गर्दै कास्य पदक जिते।
पुलिसकी चन्द्रकला लाम्गादेले एथलेटिक्स महिला ज्याभ्लिन थ्रोमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। उनले बुधबार ४७.६० मिटर मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन्। यसअघि यो कीर्तिमान आर्मीकी लक्ष्मी थारुको नाममा थियो। आठौं राष्ट्रिय खेलकुदमा उनले ४५.२७ मिटर थ्रो गर्दै कीर्तिमान बनाएकी थिइन्। सोही इभेन्टमा आर्मीकी लक्ष्मी थारुले ४५.५६ मिटर थ्रो गर्दै रजत पदक जितिन्।…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष ज्याभ्लिन थ्रोमा त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक जितेको छन्। उनले बुधबार बिहान पोखरा रंगशालामा ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन्। एपीएफका रमेश पोख्रेलले रजत र मनोज डगौंराले कास्य पदक जिते। पोख्रेलले ५५.४३ र डगौंराले ५३.३९ मिटर थ्रो गरे।
गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिस मेन्स डवल्समा स्वर्ण पदक जितेको छ। पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले स्वर्ण पदक हात पारेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय टोली आर्मीका प्रनभ खनाल र अकि जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरेको हो। सुपरटाइमा निर्धारण भएको नतिजामा पहिलो सेट गण्डकीको…
प्रदेश–१ ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सफ्ट टेनिस मिक्स डबल्समा स्वर्ण जितेको छ। पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सम्पन्न सफ्ट टेनिस प्रतियोगितामा प्रदेश–१ ले स्वर्ण पदक जितेको हो। प्रतियोगितामा प्रदेश–१ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जिया चौधरीको जोडीलाई पछि पार्दै स्वर्ण जितेको हो। प्रतियोगितामा बागमतीले…
एथलेटिक्स ८०० मिटर दौडमा पुरुषतर्फ विभागीय आर्मीका सोमबहादुर कुमाल र महिलातर्फ पनि विभागीय एपीएफकी फूलमति रानाले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा बुधबार बिहान भएको दौडमा पुरुषतर्फ निर्धारित दूरी १ मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै आर्मीका सोमले स्वर्ण जितेका हुन्। उक्त स्पर्धामा पुलिसका तेजबहादुर कार्कीले रजत र आर्मीकै सुनिल सुनारले कास्य पदक जिते।…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइटीएफ तेक्वान्दो प्रतियोगितामा ७४ पदकको टुंगो लागेको छ। प्रतियोगिता अन्तर्गत बागलुङमा भएको खेलमा २५ स्वर्ण, २५ रजत र २४ कास्य पदकको छिनोफानो भएको हो। प्रतियोगितामा ११ स्वर्ण, ७ रजत र २ कास्यसहित विभागीय टिम आर्मी सबैभन्दा अगाडि छ। प्रतियोगितामा दोस्रो स्थान बनाउँदै गण्डकी प्रदेशले ५ स्वर्ण, ५ रजत र १…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत डब्ल्यूटीएफ तेक्वान्दो खेलमा विभागीय टिम नेपाल पुलिस क्लव च्याम्पियन बनेको छ। म्याग्दीको बेनीमा सम्पन्न डब्ल्यूटीएफ तेक्वान्दो खेलमा ११ स्वर्ण, ४ रजत र १ कास्य पदकसहित प्रहरी च्याम्पियन बनेको हो। त्यस्तै, ७ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको आर्मी दोस्रो र ३ स्वर्ण, २ रजत र ९ कास्य पदक…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मीका खेलाडीले जुडोमा ४ स्वर्ण पदक जितेका छन्। प्रतियोगिताअन्तर्गत ७ इभेन्टमा खेल सम्पन्न भएकोमा आर्मीका खेलाडीले ४ स्वर्ण पदक जितेका हुन्। पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा भएको खेलमा ४ स्वर्ण जित्दै आर्मी शीर्षस्थानमा छ। आर्मीले ३/३ रजत र कास्य पदक पनि जितेको छ। पुलिसका खेलाडीले आर्मीलाई पछ्याउदै ३ स्वर्ण पदक…