१३ बुँदे चितवन घोषणा–पत्र जारी गर्दै चलचित्र पत्रकार संघ नेपालको पाँचौं पूर्ण बैठक चितवनमा सम्पन्न भएको छ। घोषणा पत्रमा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग गरेको छ। श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको मागसहित घोषणापत्र जारी गर्दै बैठक सम्पन्न भएको हो। कार्यक्रममा मोफसलको पत्रकारिता र मोफसलका हाल संचालन गरिएका संचार माध्यमहरूको विषयमा पनि छलफल गरिएको थियो।…
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत रहेको बताएका छन्। लमजुङको सुन्दरबजारमा तमू ल्होसारको अवसरमा आयोजना गरिएको संयुक्त ल्होसार विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले जानकारी दिए, ‘सही सूचना पाउने जनताको अधिकारलाई व्यवस्थित गर्न सरकार लागि परेको छ।’ मन्त्री गुरुङले सामाजिक सञ्जालका माध्यमबाट भइरहेका अपराध नियन्त्रण गर्नु सरकारको…
बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा टोलविकास संस्था र आमा समूह भवन निर्माण कार्य सम्पन्न भएको छ। ताराखोलाको सो वडाभित्र पर्ने अर्गलमा आज (सोमबार) नवनिर्मित ९ नम्बर टोल विकास संस्था र आमा समूहको भवनको उद्घाटन गरिएको छ। ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर बि.क. ‘हिमाल’ उपाअध्यक्ष भिमबहादुर रोका, वडा नं. २ का वडाध्यक्ष भद्रबहादुर घर्ती ‘सोनाम’ लगायतले स्थानीयको उपस्थितिमा…
गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीले संचार माध्यम र सामाजिक सञ्जाल माध्यममार्फत आउने मिस इन्फर्मेशन (झुटा सूचना) लाई कम गर्नुपर्नेमा जोड दिएका छन्। प्रेस युनियन बागलुङले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद सुवेदीले आग्रह गरे, ‘यसतर्फ स्वयं पत्रकारहरु सचेत बन्नुपर्छ।’ उनले झुटो सूचनाले समाजलाई नकरात्मकतातर्फ लगेको बताए। झूटो सूचना रोक्न स्वयं संचारकर्मीसहित सबै पक्ष लाग्नुपर्नेमा उनले…
आरव सम्राट हाडा र प्रनव मानन्धर पोखरामा जारी २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस अन्तर्गत ओपन मेन्स सिंगल्स फाइनलमा भिड्ने भएका छन्। कास्की जिल्ला टेनिस संघको आयोजनामा संचालन भइरहेको प्रतियोगितामा ओपनतर्फ मेन्स सिंगल्समा नेपालका नं १ प्रदिप खडकालाई २–१ सेटमा पराजित गर्दै आरव सम्राट हाडाले प्रनव मानन्धरसँग फाइनलमा भेट पक्का गरेका हुन्।…
लेखनाथ पत्रकारिता पुरस्कार पोखराका पत्रकार ऋषिकान्त पौडेललाई प्रदान गरिरएको छ। लेखनाथ पत्रकार मञ्चले स्थापना गरेर हरेक वर्ष दिँदै आएको पुरस्कार नेपाल प्रेस युनियनका उपाध्यक्षसमेत रहेका पत्रकार पौडेललाई प्रदान गरेको हो। हाल, रेडियो नेपालको घटना र विचार कार्यक्रममा कार्यरत पौडेललाई कवि शिरोमणि लेखनाथ पौड्यालको १४१ औँ जयन्तीका अवसरमा सोमबार पुरस्कार प्रदान गरिएको हो। वरिष्ठ साहित्यकार सरुभक्त,…
२० औं संस्करणको पोखरा लेखनाथ महोत्सवको तयारी पूरा अन्तिम चरणमा पुगेको छ। पोखराको लेखनाथमा यही पुसको आउँदो २८ गतेदेखि हुने लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ। लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ १ गतेसम्म चल्ने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन…
चिनियाँ टोलीले दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेसको उपाधि जितेका छन्। पोखराको फेवातालमा सोमबार सम्पन्न ‘दोस्रो नेपाल–चीन मैत्री ड्रागन बोट रेस प्रतियोगितामा चिनिया टिमहरूले उपाधिमाथि कब्जा जमाए। पोखराको फेवातालमा सोमबार सम्पन्न २०० र ५०० मिटर फाइनल रेसमा चीनको डोङग्वान लाओयू क्लबले दोहोरो उपाधि जितेको छ। दोहोरो उपाधिसँगै विजेता चीनको डोङग्वान लाओयू क्लबले नगद १० हजार…
विभागीय आर्मीका मुकेस पाल दोस्रो संस्करणको ‘गैँडाकोट हाफ म्याराथन’ को च्याम्पियन बनेका छन्। विजय फाउन्डेसन नेपालको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा (सोमबार) सम्पन्न ‘गैँडाकोट हाफ म्याराथन–२०२४’ को उपाधि आर्मीका धावक पालले जितेका हुन्। प्रतियोगितामा निर्धारित २१ किलोमिटर दूरी १ घण्टा १६ मिनेट ८ सेकेन्डमा पूरा गर्दै त्रिभुवन आर्मी क्लबका धावक मुकेशबहादुर पाल च्याम्पियन बने। हाफ…
पोखराको लेकसाइडस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्षको अवसरमा साँस्कृतिक कार्यक्रम गर्दैछ। अंग्रेजी नयाँ वर्ष २०२५ को शुभारम्भका अवसरमा होटलले पुस १६ साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम गर्ने होटल पौवा पोखराका प्रबन्धक केशव भण्डारीले जानकारी दिएका छन्। कार्यक्रममा गायक सुरज थापा एण्ड ब्याण्डको साँगितिक प्रस्तुति रहने उनले बताएका छन्। गायक थापासँगै रितु केसी,…