Author Archive »

राष्ट्रिय खेलकुद: महिला हक्कीमा भोलि सेमिफाइनलका खेलहरु

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला हक्कीको सोमबार (आज) भएको खेलमा मधेश प्रदेशले बागमतीलाई प्रदेशलाई हराएको छ। मधेश प्रदेशले २–० को गोल अन्तरले बागमती प्रदेशलाई हराएको हो। खेलको पहिलो क्वाटरमा सरिता पुलामीले मधेशका लागि गोल गरेकी थिइन्। २७ औं मिनेटमा सरिताको गोलले मधेशलाई खेलमा अग्रता दिलाएको हो। खेलको तेस्रो क्वार्टरमा रोनी राईले मधेशका लागि पुन: १…

राष्ट्रिय खेलकुद: पोखरा महानगरद्वारा पदक विजेतालाई सम्मान

पोखरा महानगरले गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ मा सहभागी भई पदक विजेता महानगरवासी खेलाडीसहित प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजङ्ग केसीलगायतले ४१ जना पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेका हुन्। पोखरा महानगरवासी खेलाडीले हालसम्म ५ स्वर्णपदक…

राष्ट्रिय खेलकुद: एपीएफ पुरुष फुटबलको सेमीफाइनलमा

सशस्त्र प्रहरी बलको एपीएफ क्लव पुरुष फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार दिउँसो भएको पुरुष फुटबल प्रतियोगिताको समूह (बी) को खेलमा एपीएफले वागमती प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो। वागमती भने अभागी टोलि बन्दै प्रतियोगिताबाट बाहिरिएको छ। पोखराको लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको खेलमा वागमतीले…

तनहुँ म्याग्देका ८२५ जना ज्येष्ठ नागरिकलाई बाँडियो परिचय पत्र

तनहुँको म्याग्दे गाउँपालिकाले ८ सय बढी ज्येष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गरेको छ। गाउँपालिका कार्यालयले असोज १ देखि थालेको एकीकृत घुम्ती शिविरमार्फत ८ सय २५ जनालाई उक्त परिचय पत्र वितरण गरेको हो। त्यसैगरी, शिविरबाट १० जना अपाङ्गता भएकालाई अपाङ्गता परिपचपत्र वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन्। वडासम्म गएर सेवा लिन…

पोखरा महानगरले भोलि फेवाताल सरसफाई गर्दै

पोखरा महानगरपालिकाले भोलि (बुधबार) पनि फेवाताल सरसफाई गर्दैछ। महानगरपालिकाले एक सूचना जारी गर्दै सञ्चालन गरिरहेको फेवाताल सरसफाइ महाअभियान अन्तरगत भोलि फेवाताल सरसफाइ गर्न लागेको जनाएको छ। महानगरपालिकाले संपूर्ण आमा समूह, टोलविकास संस्था, सरकारी तथा गैरसरकारी संघसंस्था, सहकारी, बैंक तथा वित्तीय संस्थाहरू, पर्यटन सम्बद्ध संघसंस्था तथा व्यवसायीहरू, युवा क्लब, जिल्ला स्थित सामाजिक संघसंस्थाहरू, ३ वटै सुरक्षा…

राष्ट्रिय खेलकुद: एथलेटिक्सको ट्रयाक इभेन्टमा आर्मीको वर्चस्व

एथलेटिक्सको ट्रयाक इभेन्टमा त्रिभुवन आर्मी क्लबले वर्चस्व जमाएको छ। पोखरा रंगशालामा सोमबार बिहान भएका ३ इभेन्टमध्ये २ वटामा आर्मीले स्वर्ण आफ्नो पोल्टामा पारेको छ। ११० मिटर हडल्स पुरुषमा आर्मीका जीवन चौधरीले स्वर्ण जिते। उनले निर्धारित दूरी १५.०३ सेकेन्डमा पार गरे। नेपाल पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डमा दूरी पार गर्दै रजत पदक जिते। आर्मीकै रामप्रसाद थारु…

राष्ट्रिय खेलकुद: टेबल टेनिसमा ४ पुलिसलाई, १ स्वर्ण एपीएफलाई

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबारसम्म टेबलटेनिस प्रतियोगिताका ५ वटा इभेन्ट सम्पन्न भएका छन्। जसमध्ये ४ वटा इभेन्टको स्वर्ण नेपाल प्रहरीले र एउटा इभेन्ट्सको स्वर्ण शसस्त्र प्रहरीको एपीएफले जित्न सफल भएको छ। सोमबारसम्म सम्पन्न प्रतियोगिता अन्तर्गत पुरुष टिम, महिला टिम, पुुरुष डबल्स र मिक्स डबल्स गरी ४ वटा इभेन्टसका स्वर्ण पदक नेपाल प्रहरीले र महिला…

राष्ट्रिय खेलकुद: खो:खो: का समूह चरणका खेल जारी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत खो:खो: प्रतियोगिताका दोस्रो चरणका खेल सोमबार पनि जारी रह्यो। पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा दोस्रो दिन भएको पहिलो खेलमा सुदूरपश्चिमले जित निकालेको छ। दोस्रो दिनको पहिलो खेलमा सुदूरपश्चिमले विभागीय टोली नेपाल पुलिसलाई १८–४ को फराकिलो अंकका साथ जित निकालेको हो। त्यस्तै, दोस्रो खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ माथि जित निकालेको छ। लुम्बिनीले…

राष्ट्रिय खेलकुद: एपीएफ महिला क्रिकेटको फाइनलमा

सशस्त्र प्रहरी बलको एपीएफ क्लब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। सोमबार भएको पहिलो सेमिफाइलनमा लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो। एपीएफले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेश १८.२ ओभरमा ६२ रनमा समेटियो। लुम्बिनीका कुनैपनि व्याट्स्म्यानहरुले दर्शनीय खेल प्रस्तुत गर्न सकेनन्। लुम्बिनीलाई…

राष्ट्रिय खेलकुद : महिला फुटबलमा एपीएफ विजयी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार वालिङको फुटबल मैदानमा भएको महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा एपीएफ क्लब विजयी भएको छ। एपीएफले आयोजक गण्डकी प्रदेशलाई ५–० को गोल अन्तरले पराजित गर्र्दै जित निकालेकोे हो। खेलको दोस्रो मिनेटमा एपीएफकी रञ्जना दर्जीले पेनाल्टीमार्फत पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। खेलको छैठौ मिनेटमा अनिता केसीले आफ्नो टिमको लागि गोल…