Author Archive »

राष्ट्रिय खेलकुद: प्रदेश–१ ले घरेलु गण्डकीलाई हरायो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा प्रदेश नम्बर १ बिजयी भएको छ। स्याङ्जाको वालिङमा भएको खेलमा प्रदेश–१ ले घरेलु टोली गण्डकीलाई २–१ गोल अन्तरले हराउँदै जित हात पारेकोे हो। शनिबारको खेलमा अन्जना थुलुङ राईले ३६ आँै मिनेटमा गोल गर्दै प्रदेश–१ लाई अग्रता दिलाइन्। दोस्रो हाफको ६३ औँ मिनेटमा प्रदेश–१ की अनिता गुरुङले…

राष्ट्रिय खेलकुद: साइक्लिङको डाउनहिलमा आर्मीलाइ २ स्वर्ण

गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (शनिबार) पोखरामा भएको साइक्लिङको डाउनहिल विधामा पुरुष र महिला तर्फ दुवै स्वर्०ा नेपाल आर्मीका खेलाडीले जितेका छन्। पुरुषतर्फ नेपाल आर्मीका राजेश मगरले १४ सय मिटरको दूरी रहेको डाउनहिल १ मिनेट ४९.१० सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्। त्यस्तै, बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१०…

राष्ट्रिय खेलकुद: पौडीबाजहरु नयाँ रेकर्ड कायम गर्दै

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि पोखरामा सुरु भएको पौडी प्रतियोगीतामा नयाँ रेकर्ड कायम भएको छ। १३ औँ सागमा १५ सय मिटर फ्री–स्टाइलमा १७ मिनेट ४९.९५ सेकेण्ड लगाएका त्रिभुवन आर्मी क्लवका नासीर याहा हुसेनले शनिबार विहान फिस्टेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगिताको १५ सय मिटर फ्री–स्टाइलमा १६ मिनेट ५०.२१ सेकेण्डमा दूरी पूरा गर्दै यसअघिको आफ्नै रेकर्ड…

राष्ट्रिय खेलकुद: गल्फमा बागमतीलाई ३ स्वर्ण

नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत पुरुषतर्फको गल्फमा नेपाल आर्मीका सुवास तामाङले स्वर्ण पदक जितेका छन्। पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा सुवासले सदभाव आचार्यलाई १ स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन्। प्रदेश–१ का युवराज भुजेलले कास्य पदक जिते। समूह चरणको खेलमा भने बागमती विजयी बन्न पुग्यो। समूह अन्तर्गत पुरुष र महिला दुवै इभेन्टमा बागमतीले…

राष्ट्रिय खेलकुद: एथलेटिक्स, ७ इभेन्टका पदक छिनोफानो

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सका ७ इभेन्टका पदक छिनोफानो भएका छन्। शनिबारबाट सुरु भएको एथलेटिक्सका महिला पुरुष १५ सय मिटर दौड, १० हजार महिला दौड, महिला पुरुष १ सय मिटर दौड, महिला पुरुष सटपुटका इभेन्टहरुमा पदक छिनोफानो भएको हो। पोखरा रंगशालामा शनिबार सम्पन्न १५ सय मिटर दौड पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पाल र महिलातर्फ…

राष्ट्रिय खेलकुद: महिला बास्केटबलमा आर्मीको लगातार दोस्रो जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा विभागीय त्रिभुवन आर्मीले लगातार दोस्रो जित निकालेको छ। शनिबार भएको खेलमा आर्मीले सुदुरपश्चिम प्रदेशलाई ६८–३० अंकको अन्तरमा जित हासिल गरेको हो। प्रतियोगिताको पहिलो चरणमा आर्मीले सुदुरपश्चिमविरूद्ध १७–५ को अन्तर बनाएको थियो। दोस्रो, तेस्रो र चौथो चरणमा पनि आर्मीले निरन्तर अग्रता कायम गरेको थियो। जहाँ आर्मीले…

राष्ट्रिय खेलकुद: पुरुष ह्याण्डबलमा गण्डकीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष ह्याण्डबलमा घरेलु गण्डकीले स्वर्ण पदक जितेको छ। पोखरा रंशालास्थित शनिबार भएको फाइनलमा गण्डकीले विभागीय आर्मीमाथि ४३–३६ ले पराजित गर्दै गण्डकीले स्वर्ण जितेको हो। पुरुष ह्याण्डबलमा स्वर्ण जितेसँगै जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामै गण्डकीलाई पहिलो स्वर्ण मिलेको हो। ८ औं राष्ट्रिय खेलकुदमा गण्डकी स्वर्ण पदक विजेता हो। विभागीय आर्मीले रजत पदक…

पोखरामा नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु

पर्यटकीय नगरी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा शुभारम्भ भइसकेको छ। एकतावद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ शुरु नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले साँझ ८:०० बजे पोखरा रंगशालामा शुभारम्भ गरे। उपराष्ट्रपति नन्दबहादुर पुनले पर्यटकीय नगरी पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद खेलाडीहरूको महान उत्सव भएको बताए। यस खेलकुदले नयाँ नयाँ…

राष्ट्रिय खेलकुदः फेन्सिङ इपी टिममा आर्मीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फेन्सिङको पुरुष टिम इपीमा आर्मीले स्वर्ण जितेको छ। आर्मीले एपीएफलाई ४५–२८ अंकले पछि पार्दै स्वर्ण जितेको हो। आर्मीका लागि यो फेन्सिङमा ५ औं स्वर्ण पदक हो। पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा एपीएफले रजत पदक जित्दा गण्डकी प्रदेश र बागमती प्रदेशले कास्य पदकमा चित्त बुझाएका छन्। फेन्सिङतर्फ…

राष्ट्रिय खेलकुदः पुरुष ह्याण्डबलमा गण्डकी र आर्मी भिड्ने

घरेलु गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा विभागीय आर्मीसँग फाइनल खेल्ने भएको छ। पोखरा रंगशालास्थित बहसउद्देश्यीय कभर्ड हलमा शुक्रबार विहान भएको पहिलो सेमिफाइनल खेलमा गण्डकीले लुम्बिनीलाई ५४–२१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो। गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे। लिग चरणमा एउटै समूहमा रहेको आर्मी र गण्डकीले लिगमा नाटकीय ढंगले २७–२७…