पोखरास्थित नेपालको चेन रेष्टुरेण्ट ‘बाजे’ को सेकुवा रेष्टुरेण्टमा रिभाइभल ब्याण्डको लाइभ कन्र्सट हुने भएको छ। अंग्रेजी नयाँ बर्ष सन् २०२५ को पूर्वसन्ध्या डिसेम्बर ३१ तारिख अर्थात यही पुसको १६ गते साँझ कार्यक्रम गर्न लागेको हो। कार्यक्रममा पोखराको रिभाइभल व्याण्डले ३ घण्टा सांगितिक प्रस्तुति दिनेछन्। अतिथि गायकका रुपमा भुमी ढुंगानाको प्रस्तुति रहनेछ। रेष्टुरेण्टले हरेक बर्ष, पर्व…
पाहूना टोली चिनको नर्मल विश्वविद्यालय पोखरामा सम्पन्न चिन–नेपाल विश्वविद्यलायस्तरीय छात्रा बास्केटबलमा च्याम्पियन भएको छ। गण्डकी प्रदेश बास्केटबल संघ र पोखरास्थित चिनिया ओभरसिजको आयोजनामा सम्पन्न प्रतियोगितामा काठमाण्डौको गोल्डेन गेट इन्टरनेशनल कलेजलाई ७४–३६ को स्कोरले पराजित गर्दै पाहूना टोली च्याम्पियन भएको हो । च्याम्पियन बनेसँगै नर्मल विश्वविद्यालयले नगद ३० हजारका साथमा ट्रफी, मेडल, प्रमाणपत्र पुरस्कार हात पारेको…
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको नवनिर्वाचित कार्यसमितिको आज (आइतबार) पदस्थापन भएको छ। साथै, नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पोखरामा पद तथा गोपनीयताको सपथसमेत खाएका छन्। गत मंसरी २८ मा भएको निर्वाचनबाट रमेश पौडेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा भएको समारोहमा निर्वाचन समिति संयोजक प्रेस…
पोखरामा जारी २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स प्रतियोगिताको महिलातर्फको सिंगल्समा उपाधिका लागि सलोनी तामाङ र सुनिरा थापा फाइनल भिड्ने भएका छन्। कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको चौथो दिन महिला सिंगल्स ओपनतर्फको सेमिफाइनलमा उनीहरु आफ्नो खेल जित्दै उपाधि नजिक पुगेका हुन्। सलोनीले प्रकृति श्रेष्ठलाई ६–२, ६–२ र सुनिराले स्वस्तिाका विष्टलाई ६–३,…
सामाजिक सुरक्षा कोषले कोषमा आबद्ध योगदानकर्ताका छोराछोरीसमेतलाई उपचार सुविधा दिने तयारी थालेको छ। यसअघि, स्वयं योगदानकर्ता र योगदानकर्ताको श्रीमान तथा श्रीमतीसमेतलाई उपचार सुविधा दिइरहेको कोषले अब योगदानकर्ताका छोराछोरीसमेतलाई उपचार सुविधा दिने तयारी गरेको हो। त्यसैलाई कार्यान्वयन गर्ने चरणमा कोषले योगदानकर्तालाई सन्ततिको विवरण अद्यावधिक गर्नका लागि आग्रह गरेको छ। कोषले एक सूचना जारी गर्दै औपचारिक क्षेत्रका…
पोखरामा अंग्रेजी नयाँ वर्षको सन्दर्भमा हुने नेपालको सबैभन्दा ठूलो सडक महोत्सवमा एकैदिन ५ जना चर्चित कलाकार र उनीहरुको ब्याण्डले प्रस्तुति दिने भएका छन्। ‘द इण्ड गेम’ नाम दिएर अंग्रेजी नयाँ वर्ष २०२५ लाई स्वागत गर्न लेकसाइडको बसुन्धरा पार्क (कोमागानेपार्क) मा डिसेम्बर ३१ अर्थात् पुसको १६ गते साँझ कार्यक्रम हुन लागेको हो। प्रचार नेपाल र स्पेक्स–१४…
२६ औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ को दोस्रो दिन विभिन्न मनोरञ्जनात्मक खेल प्रतियोगिता र सडक संवाद कार्यक्रम भएका छन्। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको आयोजनामा शनिबारदेखि सुरु भएको महोत्सवमा भएको वेटर रेसतर्फ व्यन्जन रेष्टुरेण्टका सुबास सिर्पाली प्रथम बने। त्यसैगरी, आइरिस पवका विनोद श्रेष्ठ दोस्रो भए। चिल्ली बारका अविश्यक सेन तेसो भए। वेट्रेस रेसतर्फ व्यन्जन…
पोखरामा आज (आइतबार) देखि दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ। नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको हो। पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिंगापुरका खेलाडी सहभागी हुँदैछन्। प्रतियोगिता…
तनहुँको भानु नगरपालिकाले पनि पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको छ। नगरपालिकाले नगरवासीको सहजताको लागि पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको जनाएको छ। नगरपालिकाले सबै वडाहरूमा पालैपालो राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो। यसअघि नै तनहुँका अन्य नगरपालिकाले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेपनि भानु नगरपालिकाले भने यो काम गर्न बाँकी थियो। भानु नगरपालिकाका प्रमुख आनन्दराज…
पोखरामा जारी २१ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको छ। कास्की जिल्ला टेनिस संघले आयोजना गरेको शनिबार विभिन्न उमेरसमूह अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन्। शनिबार मेन्स सिंगलतर्फ नेहाल जंगबहादुर थापाले ओजेन महर्जनलाई ६–०, ६–० ले हराउँदै क्वाटरफाइलमा स्थान बनायो। राजबीर प्रधानले शक्ति शर्मालाई ६–०, ६–० ले पराजित गर्दै…