पोखराको फेवाताल किनारमा २६ औं संस्करणको पोखरा सडक महोत्सव आज (शनिबार) देखि सुरु भएको छ। रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखराको आयोजनामा वर्षेनी हुँदै आएको सडक महोत्सव यस वर्षपनि अंग्रेजी नयाँ वर्ष २०२५ को संघारमा सुरु भएको हो। पोखराको लेकसाइडस्थित कोमागानेपार्कमा विशेष समारोहबीच नेपाल सरकारका प्रवक्तासमेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे।…
तनहुँको बन्दीपुरमा बृहत् सरसफाई गरिएको छ। ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ लाई लक्षित गरी सफा र सुन्दर बन्दीपुर अभियान कार्यक्रम अन्तर्गत आज (शनिबार) सरसफाई गरिएको हो। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१, पिप्ले गेटबाट ४ किलोमिटर माथितर्फ प्युघरसम्म सरसफाई गरिएको छ। त्यसैगरी, बन्दीपुर बजारबाट ४ किलोमिटर तल प्युघरसम्म २ टोलीमार्फत सरसफाई गरिएको हो। ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ सरसफाई उपसमितिका…
कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिएको छ। स्वीट्जरल्याण्डका एहमान स्टिफटङको ५ करोड रुपैयाँको आर्थिक सहयोगमा सो ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिएको हो। सो दिवा सेवाकेन्द्र भवन आमास्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ। भवन निर्माणका लागि स्थानीय कर्णबहादुर गुरुङले आफ्ना स्वर्गीय आमा नाना र बुबा मोहनको स्मृतिमा ४ रोपनी जग्गा प्रदान…
कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ। स्वीजरल्याण्डका किसानहरुको संस्था एहमान फाउण्डेसनको ५ करोड रुपैयाँ आर्थिक सहयोगमा बनेको ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’ निर्माण गरिएको हो। नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो केन्द्रको उद्घाटन गरेका हुन्। दाताहरुको सहयोगबाट बनेको सेवा केन्द्र भवन आमा…
गोरखा सिरानचोकका दिनेशसिंह बोगटीले रोटर्याक्ट सचिन स्मृति खुल्ला दौडको उपाधि जितेका छन्। रोटर्याक्ट क्लव अफ दमौलीले आफ्नो संस्थापक सह–सचिव स्व. रोटरियन सचिनकुमार श्रेष्ठको स्मृतिमा शनिबार आयोजना गरेको २२ औ संस्करणको खुल्ला दौड प्रतियोगिता आयोजना गरेको थियो। तनहुँको सदरमुकाम दमौलीस्थित अनसनचोकदेखि छाब्दीबाराही मन्दिरसम्मको ९ किमि दूरी २९ मिनेट १६ सेकेण्डमा पार गर्दै बोगटीले उपाधि जितेका हुन्।…
बागलुङ जिल्लाका स्थानीय पालिकाहरुमा ‘वडा सदस्य मञ्च’ गठनमा तीब्रता लिएको छ। बागलुङ जिल्लाको गृहपालिका बागलुङ नगरपालिकाबाट सुरु गरिएको वडा सदस्यहरुको मञ्च गठनको कार्य अहिले जिल्लाको अन्य पालिकाहरुमा पनि पहल थालिएको छ। जिल्लाका स्थानीय तहहरुमा वडा सदस्य मञ्च गठन प्रकृयाले गति लिन थालेको हो। गत वर्ष बागलुङ नगरपालिकाका वडा सदस्यहरुको भेलाले मञ्च गठन गरेको थियो। मञ्चले…
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश निजामती सेवा पहिलो संशोधन अध्यादेश २०८१ प्रमाणीकरण गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशले अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा बुधबार पठाएको थियो। उक्त अध्यादेश प्रदेश प्रमुख भट्टलेले आज (शुक्रबार) प्रमाणीकरण गरेका हुन्। नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम अध्यादेश प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालय…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले नागरिकलाई घर–आँगनबाट स्तरीय स्वास्थ्य सेवा दिनेगरी काम गरिरहेको बताएका छन्। बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आज (शुक्रबार) आयोजित प्रदेशस्तरीय अस्पतालको उद्घाटन कार्यक्रममा उनले भने, ‘अब कोही पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनु पर्दैन।’ नागरिकको आवश्यकता बढी हुनुका साथै सीमित स्रोत र साधनको परिचालन गरेर काम गर्दा सबैतिर एकै पटक…
पोखरामा २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी छ। कास्की जिल्ला टेनिस संघले आयोजना गरेको प्रतियोगिताको देस्रो दिन (शुक्रबार) ४५ वर्षमाथिको मेन्स सिंगलको प्रतिस्पर्धात्मक खेलमा संदुक लामाले गोपीबहादुर भट्टराईलाई ६–४, २–६ र सुपर टाईमा १२–१० ले पराजित गरे। सुपरटाईमा ८–३ को अग्रता जोगाउन नसक्दा आशा गरिएका पोखरेली खेलाडी भट्टराई पराजित हुन…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेको बयान सकिएको छ। सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको बयान २ दिन चल्यो। पोखराको सूर्यदर्शन सहकारीका सन्दर्भमा २ दिन लगाएर लिएको रविको बयान आज (शुक्रबार) सकिएको हो। गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका लाछिानेको वयान जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लिइएको हो। पोखराको सूर्यदर्शन सहकारी ठगी…