२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलेको छ। यही पुस १२ गतेदेखि माघ १२ गतेभित्र फारम भरिसक्न कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षा नियन्त्रण कार्यालयले आज (शुक्रबार) एक सूचना प्रकाशित गरी एसईईको आवेदन फारम भर्न आग्रह गरेको हो। कार्यालयले फारम भर्न एक महिनाको समय दिएको छ। फारमका लागि प्रति…
सार्वजनिक सेवा प्रसारण नेपालको संचालक समिति सदस्यमा संचारविज्ञ अनिता गुरुङ र संचार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव गौरव गिरी नियुक्त भएका छन्। संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण ऐनको दफा ८ बमोजिम संचारविज्ञको रुपमा गुरुङ र मन्त्रालयको प्रतिनिधिको रुपमा गिरीलाई नियुक्त गरेका हुन्। नवनियुक्त सदस्यहरूलाई सार्वजनिक सेवा प्रसारण नेपाल (पीएसबी) का कार्यकारी…
सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले सार्वजनिक सेवाबाट प्रसारण हुने सामग्री जनताप्रति केन्द्रित गरेर अगाडि बढ्नु आवश्यक रहेको औंल्याएका छन्। ‘सार्वजनिक सेवा प्रसारणमा समाचार विषयवस्तु जिम्मेवारी र जबाफदेहिता’ विषयक एकदिने कार्यशालाको आज (शुक्रबार) सिंहदरबारमा उद्घाटन गर्दै अध्यक्ष डा. बिष्टले भने, ‘पीएसबीको समाचारको प्राथमिकता निर्धारण दृष्टिकोण परिवर्तन गर्न कार्यशाला महत्वपूर्ण हुनेछ।’ डा. बिष्टले…
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यसै वर्षभित्र नेपालको सबै घर–घरमा फोरजी इन्टरनेट सेवाको पहुँच पुग्नेगरी काम गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्। नेपाल दूरसंचार प्राधिकरणले आज (शुक्रबार) पोखरामा आयोजना गरेको प्राधिकरणबाट गण्डकी प्रदेशमा दूरसंचार सेवाको वर्तमान अवस्था, सेवाको विस्तार, भावी योजना, दूरसंचार सेवाको गुणस्तर सुधारलगायतका विषयमा दूरसंचार सेवा प्रदायक र सरोकारवालाहरूको एक दिवसीय…
म्याग्दीको धवलागिरी गाउँपालिकाले अधुरा आयोजनालाई प्राथमिकता दिएको छ। अधुरा आयोजनाको निमाृण कार्य पूरा गर्न गाउँपालिकाले थप ४ करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। गाउँपालिकाको केन्द्र मुनामा आज (बुधबार) सम्पन्न २३ औँ गाउँसभा (हिउँदे अधिवेशन) ले ४ करोड २१ लाख बजेट विनियोजन गरेको हो। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले गत आर्थिक वर्षमा खर्च…
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट तेस्रो पटक चार्टर्ड विमान अवतरण गरेको छ। सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट १ सय २६ यात्रु लिएर अवतरण गरेको हो। अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा यही पुसको आउँदो १४ र १५ मा फेवा तालमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’…
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले खेलाडी राष्ट्रका गहना भएको औल्याएका छन्। पोखरामा आज (बिहीबार) देखि सुरु माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताको उद्घाटन गर्दै थापाले भने, राष्ट्रले खेलाडीको सम्मान गर्नुपर्छ।’ पोखरामा टेनिस खेलले महत्वपूर्ण उपलब्धीहरु हासिल गरेको उनको भनाई थियो। टेनिसको खेल विकासका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने मन्त्री थापाले प्रतिबद्धता जनाए।…
पोखरामा माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता आज (बिहीबार) देखि सुरु भएको छ। गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले एक समारोहबीच टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारी र प्रतियोगिता संयोजक नविन चालिसेलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन्। प्रतियोगिताको पहिलो दिन भएका खेलहरुमा मेन्स सिंगलमा निहाल जंगबहादुर थापाले विष्णु नेपालीलाई ६–१,६–१ ले हराएका छन्। त्यसैगरी,…
कास्की जिल्ला अदालतमा आज (बिहीबार) देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( का सभापति रवि लामिछानेको बयान सुरु भएको छ। पोखराको सूर्यदर्शन सहकारीमा भएको रकम अपचलनसम्बन्धी दायर मुद्दामा कास्की अदालतले उनको बयान सुरु गरेको हो। सोही प्रकरणमा मुछिएकी लिला पछाईंको बयान सकाएर रविको सुरु भएको कास्की जिल्ला अदालतले जनाएको छ। सोमबार र मंगलबार पूर्वडीआईजीसमेत रहेका गोरखा मिडियाका…
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ केन्द्रको नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिएका छन्। मन्त्रालयमा बिहीबार आज (बिहीबार) आयोजित एक कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिएका हुन्। सो कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारिता क्षेत्रलाई अझ बढी मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्।…