Author Archive »

अब फ्याम्समार्फत ईपीएसको काम

रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाबाट हुने काम अबदेखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फ्याम्स)मार्फत हुने भएको छ। सो शाखाले ईपीएसबाट दक्षिण कोरिया जानका लागि गर्नुुपर्ने सबै प्रक्रिया आउँदो सोमबारदेखि फ्याम्समार्फत गर्ने भएको हो। फ्याम्स श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अनलाइनबाट जानकारी गराउने प्रणाली हो। श्रम मन्त्रालयले वैदेशिक रोजगारीबारे एकद्वार प्रणालीमार्फत जानकारी दिने उद्देश्यले…

मुद्दा मिलेका कारण माओवादीसँग तालमेल बन्यो : डा. भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताएका छन्। नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले शुक्रवार पार्टीको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। ‘आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पहिचान र अधिकारसहितको संघीयताको पक्षमा छौं,’ नेता भट्टराईले भने,…

म्याग्दीका केसीले बनाए कोरियामा ब्याट्रीबाट चल्ने गाडी

रोजगारीका क्रममा दक्षिण कोरिया पुगेका म्याग्दीको बेनी नगरपालिका–६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी बनाएका छन्। ५ महिनादेखि निरन्तर गरेको कोसिसपछि उनी चारपांग्रे गाडी बनाउन सफल भएका हुन्। विद्युत चार्ज गरेर चलाउन सकिने उक्त गाडीमा ४ वटा ब्याट्री जडान गरिएका छन्। ३ देखि ४ घण्टा विद्युत चार्ज गरेपछि ४० देखि ५० किलोमिटरसम्म चलाउन सकिन्छ। कोरियामा…

कास्की आदर्श सेवा समाज पोर्चुगलको अध्यक्षमा शक्ति भट्टराई

कास्की आदर्श सेवा समाज पोर्चुगलको अध्यक्षमा शक्ति भट्टराई चयन भएका छन्। ‘कस्केलीहरुको खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान’ मूल नाराका साथ पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न समाजको चौथो अधिवेशनले भट्टराईको अध्यक्षताका नयाँ कार्यसमिति चयन गरेको हो। २ वर्षे कार्यकालका लागि चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा विशाल आचार्य, शोभा पुरी गिरी र महासचिवमा सबिन पौडेल छन्। त्यसैगरी,…

बेन्जिमालाई ‘युइएफए प्लेयर अफ दी इयर’को अवार्ड

करिम बेन्जिमाले ‘युईएफए प्लेयर अफ दि इयरको अवार्ड’ जितेका छन्। स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड बेन्जिमाले युइएफएले प्रदान गर्ने यो अवार्ड जितेका हुन्। युइएफए च्याम्पियन्स लिग फुटबलमा गत सिजन उत्कृष्ट खेलाडी बन्दै बेन्जिमाले अवार्ड जितेका हुन्। बेन्जिमाले म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र रियलकै थिवाउट कोर्टुवालाई पछि पार्दै अवार्ड जितेका हुन्। महिलातर्फको ‘प्लेयर अफ दी…

च्याम्पियन्स लिग ड्र : बार्सिलोना र बायर्न एकै समूहमा

युरोपियन फुटबल एसोसियसन (युइएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ । युइएफएले बिहीबार नयाँ सिजनको लागि समूह चरणको ड्र सार्वजनिक गरेको हो । युएएफएले निकालेको ड्र अनुसार बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा परेको छ । बार्सिलोना र बायर्न समूह ’सी’ मा परेको हो । यस समूहमा इन्टर मिलान र भिक्टोरिया…

टी–२० मा घरेलु केन्यामाथि नेपालको सहज जित

पहिलो टी–२० मा घरेलु टिम केन्यामाथि नेपालले ५ विकेटको सहज जित दर्ता गराएको छ । बिहीबार नैरोबीमा केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४ बल खेल्न बाँकी छदा पूरा गरेको थियो । नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान गरे । उनले २४ बलमा १ चौका र २ छक्का प्रहार…

पोखराको पुरानो टुडिखेलमा तीजमेला आजबाट

पोखरा महानगरपालिका–१ बगरस्थित पुरानो टुडिखेलमा शुक्रबार अर्थात आज (शुक्रबार) देखि ऐतिहासिक तीज मेला सुरु हुदैछ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २०७९ को अवसरमा इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा–१ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा हुने मेला आउँदो १६ भदौसम्म चल्नेछ। मेलाको गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल ‘जीवन’ले उद्घाटन गर्नेछन्। उद्घाटनपूर्व…

निर्वाचन आयोगले दलहरूको चुनाव चिह्न राजपत्रमा प्रकाशन गर्ने

निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने दलहरूको चुनाव चिह्न राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ। दर्ता भएका राजनीतिक दलहरूको क्रम निर्धारणसहित चुनाव चिह्न प्रकाशित गर्ने निर्णय आयोगले गरेको हो। आयोगकले एक सूचना जारी गर्दै उक्त विषयमा जानकारी दिएको छ। ‘निर्वाचन हुनुभन्दा तत्काल अघि कायम रहेको प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधि…

पत्रकार जमुना वर्षालाई ‘पोखरा टुरिजम जर्नालिजम अवार्ड’

पत्रकार एवं  नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा ‘पोखरा टुरिजम जर्नालिजम अवार्ड’ बाट पुरस्कृत भएकी छन्। पोखरा पर्यटन परिषदद्वारा संचालित पोखराको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्‍याएकोमा पत्रकार शर्मालाई नगद पुरस्कारसहित सम्मान गरेको हो। पोखरा पर्यटन परिषदको २२ औं साधारणसभा तथा १२ औं अधिवेशनका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकार शर्मालाई १५…