सुनचाँदी बजारमा आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला २ सयले बढेर ९७ हजार १ सय तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ रहेको छ । यसको मूल्य अघिल्लो दिन…
पोखरामा पनि आज (मंगलबार) २८ औ विश्व आदिवासी दिवस भव्यताका साथ मनाएका छन्। नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजना र कास्कीको सह–आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेश आसपासका आदिवासीहरुले दिवस मनाएका हुन्। आज ११ बजे पोखराको चिप्लेढुंगाबाट सवै जनजातिले आ–आफ्नो जातीय मौलिक पोषाक र झाँकीसहित बिशाल र्याली निकालेर पोखरा रंगशाला अगाडीको नेपाल मगर संघको भवनमा…
आज अगष्ट ९ तारिक अर्थात २८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस। आजको दिन नेपाल लगायत विश्वभर आदिवासी दिवस मनाइन्छ। हरेक वर्ष अगष्ट ९ तारिकका दिन यो दिवस मनाइँदै आएको छ । वर्ष सन् २०२२ को अन्तर्राष्ट्रिय आदिवासी दिवसका लागि ‘The Role of Indigenous Women in the Preservation and Transmission of Traditional Knowledge’ अर्थात ‘परम्परागत ज्ञान र…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको आमसञ्चार विधेयक पत्रकारमैत्री हुने बताएका छन्। नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लोकतन्त्रका लागि लडेका पत्रकारमाथि अंकुश लगाउने नियत नरहेको बताए। मुख्यमन्त्री पोखरेलले संचारमाध्यममा आउने समाचारप्रति सरकारले सुझावका रुपमा लिएको तर सामाजिक सञ्जालमा गरिने केही टिकाटिप्पणी…
नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पोखरामा सम्मान गरिएको छ। प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष शिव लम्साल, उपाध्यक्ष नकुल अर्याल, गण्डकी उपाध्यक्ष ऋषिकान्त पौडेल र महासचिव दिलीप पौडेललाई सम्मान गरेको हो। प्रमुख अतिथि गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका हुन्। सो अवसरमा युनियनका सदस्य हरि भट्टराईले रचना…
राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चमा पुगेका छन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि पोखरा आइपुगेका घिसिङको सम्मानमा आयोजना गरेको कार्यक्रममा सोमबार उनी मञ्चमा पुगेकाम हुन्। मञ्चका पदाधिकारी तथा सदस्यहरुसँगको भेटघाटमा सदस्य सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै बारे छलफल गरे। उनले राष्ट्रिय खेलकुद…
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले निर्धारित समयमै नवौं राष्ट्रिय खेलकुद हुने दाबी गरेका छन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई निर्वाचनले प्रभाव नपार्ने सदस्य सचिव घिसिङको दाबी छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पोखरा रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रीपरिषदकै बैठकबाट राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएकोले निर्वाचनले यसलाई प्रभाव नपार्ने प्रष्ट पारे।…
निर्वाचन आयोगले राजनीतिक दलहरुलाई केन्द्रीय पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। आयोगले १५ दिनभित्र आयोगमा सम्पत्ति विवरण बुझाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको हो। आयोग पदाधिकारीको बैठकले सम्पत्ति विवरण बुझाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको हो। आयोगमा दर्ता कायम रहेका सबै राजनीतिक दलका केन्द्रीय सदस्य तथा पदाधिकारीको सम्पत्ति विवरण बुझाउनु पर्नेछ। आयोगमा हाल १…
बैकिङ कसूर मुद्दामा बागलुङ ताराखोलाकी दिक्षा पुनलाई कास्कीबाट पक्राउ गरिएको छ। जिल्ला बागलुङ ताराखोला गाउँपालिका वडा नं. १ स्थायी घर भई जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २ मिरुवा बस्ने वर्ष २७ की दिक्षा पुनलाई प्रहरीले पक्राउ गरेको हो। दिक्षाको खोजी तलासीमा रहेका प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बीरेठाँटीस्थित निगालो घारीमा लुकेर बसेको अवस्थामा शनिबार पक्राउ…
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७५३ वटै स्थानीय तहलाई शिक्षक नियुक्त नगर्न निर्देशन दिएको छ। केन्द्रले हालै सूचना जारी गरी चालू आर्थिक वर्षको बजेटमा विद्यालय शिक्षा क्षेत्र योजनातर्फ ससर्त अनुदानका रूपमा वित्तीय हस्तान्तरण भई स्थानीय तहमार्फत कार्यान्वयन हुने गरी कार्यक्रम स्वीकृत भइसकेको हुँदा शिक्षक नियुक्त नगर्न भनेको हो। केन्द्रले गत आर्थिक वर्ष २०७८/७९ को…