Author Archive »

‘विदेश जान खोज्ने विद्यार्थीलक्षित भ्रामक सामग्री प्रसारण नगर्नुहोला’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पढ्नका लागि विदेश जान खोज्ने विद्यार्थीलक्षित भ्रामक सामग्री प्रसारण नगर्न अनुरोध गरेको छ। मन्त्रालयले शैक्षिक परामर्शदाता निकायहरूका नाममा अत्यन्त जरुरी सूचना सार्वजनिक गर्दै जथाभाबी सामग्री प्रकाशन नगर्न भनेको हो। सामाजिक सञ्जालहरूमा फ्री भिसा, भिसाको सुनिश्चितता, अत्यधिक छुट, कामको ग्यारेन्टीलगायत भनिएका भिडिओहरू धेरै देखिन थालेकाले सूचना जारी गर्नुपरेको मन्त्रालयको शैक्षिक परामर्श…

‘संसद–संचार’, पत्रकारसँग संसद सचिवालयको अन्तरसम्वाद

भक्तपुरको नगरकोटमा आज (बुधबार) ‘संसद–संचार’ अन्तरसम्वाद कार्यक्रम गरिएको छ। संसद सचिवालयले आयोजना गरेको कार्यक्रममा सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धनका लागि संचारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। उनले लोकतान्त्रिक पद्धतिमा पत्रकारिता पेसालाई पनि सँगसँगै लिएर गएमात्रै लोकतन्त्र बलियो हुने विश्वास व्यक्त गरे। सभामुख घिमिरेले भने, ‘लोकतन्त्रलाई बलियो बनाउन प्रभावकारी संसद बन्नुपर्छ। प्रभावकारी संसद बनाउन संचारमाध्यम…

पोखराको आकाशमाथि उडेको बेलुनले ल्यायो पर्यटनमा रौनकता

पर्यटकीय राजधानी पोखरामा सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटनमा थप रौनकता ल्याएको छ। अंग्रेजी नयाँ वर्ष २०२५ र क्रिसमसलाई लक्षित गरी फेवाताल किनारमा सुरु भएको यो महोत्सवले पोखरामा चहलपहल थपिएको हो। बेलुन नेपाल प्रालिको आयोजनामा फेवाताल किनारको फेवा फाँटमा यही पुस ९ गतेदेखि सुरु भएको महोत्सव ९ दिनसम्म चल्नेछ। पोखरालाई साहसिक खेलकुदका…

तनहुँको ९ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु

तनहुँका ९ वटा पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँमा प्राप्त भएका सबै राष्ट्रिय परिचयपत्रहरू पलिकामा हस्तान्तरण गर्ने कार्य पूरा भएपछि पालिकाबाट वितरण गरिएको हो। भानु नगरपालिकाबाहेक सबै पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण भइरहेको छ। पालिकाबाटै परिचयपत्र वितरण थालिएपछि सेवाग्राहीलाई सहज भएको छ। जिल्लाका १० स्थानीय तहमध्ये ९ स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र…

पोखरामा माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुँदै

पोखरामा भोलि (बिहीबार) देखि २१ औं संस्करणको माछापुच्छ्रे  पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु हुने भएको छ। आयोजक कास्की जिल्ला टेनिस संघले आयोजना गरेको टेनिस प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको बुधबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरा रंगशालाको टेनिस कोर्टमा हुने प्रतियोगितामा मेन्स तथा वुमन्सतर्फ सिंगल्स र डबल्स तथा भेट्रान्सतर्फ…

तनहुँको व्यास नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरण सुरु

तनहुँको व्यास नगरपालिकामा मंगलबारबाट राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु गरिएको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेलगायतले राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको सुरु गरिएको हो। नगर प्रमुख न्यौपानेले राष्ट्रिय परिचय पत्र वितरण कार्यले नागरिकको पहिचानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास गरिएको बताए। न्यौपानेले नागरिकलाई परिचय पत्र प्राप्त प्रक्रियामा सहजीकरण गर्न सबै कर्मचारी र सम्बन्धित निकायहरूलाई निर्देशन…

पत्रकार महासंघको निर्णय, ‘प्रेस कानुनलाई स्वतन्त्रतामैत्री बनाउन खबरदारी’

नेपाल पत्रकार महासंघले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण भइरहेका संचारसम्बन्धी कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुका साथै खबरदारी गर्ने निर्णय गरेको छ। महासंघको २७ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले पद सम्हालेपछि हिँजो (मंगलबार) बसेको पहिलो बैठकले यो निर्णय गरेको हो। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र आर्थिक संकट बेहोरिरहेको नेपाली…

सेनाका करण रावलले जिते स्याङजा कोल्माको क्रस कन्ट्री दौड

विभागीय नेपाली सेनाका धावक करण रावलले स्याङजाको कोल्मा बहाकोट क्रस कन्ट्री दौड जितेका छन्। सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको राष्ट्रियस्तरको क्रस कन्ट्री दौडमा रावलले २५ किलो मिटरको दूरी १ घण्टा २७ मिनेट ५२ सेकेण्डमा पार गर्दै उपाधि जिते। विजेता रावलले उपाधिसहित नगद ५० हजार, ट्रफी र मेडल पुरस्कार हात पारे। ‘स्वास्थ्यका लागि…

‘आधारहीन आरोप होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ’

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आधारहीन आरोप नभएर आलोचनात्मक पत्रकारिताको खाँचो रहेको औँल्याएका छन्। पत्रकारले समस्या केलाउने मात्र नभएर त्यसको समाधानका लागि हुनुपर्ने कामहरूमा समेत चासो देखाउनुपर्ने बेला आएको उल्लेख गरे। काउन्सिलले नियमित रूपमा नयाँ अनलाइनका सम्पादक/प्रकाशकका लागि गर्दै आइरहेको आचारसहिंता अभिमुखीकरण कार्यक्रमको ५३ औँ श्रृंखलामा उनले आधारहीन एकपक्षीय आरोप, नकारात्मकता र पक्षधरताले संचार…

रवि लामिछाने सांसद पदबाट निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन्। पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत बनेका लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि संसद् सचिवालयले सूचना प्रकाशित गरेर सांसद पद निलम्बनमा परेको जानकारी गराएको हो। प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले निकालेको सूचनामा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ अनुसार लामिछाने स्वतः निलम्बनमा परेको उल्लेख…