Author Archive »

एसपी केसीले कास्की प्रहरी प्रमुखको कार्यभार सम्हाले

प्रहरी उपरीक्षक (एसपी) अजय केसीले कास्की प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन्। केसीले हिँजो सोमबारदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका हुन्। प्रहरी प्रमुखविहीन बनेको कास्कीको प्रहरी कमाण्ड सम्हाल्न काज सरुवामा एसपी केसी हिँजै मात्र कास्की (पोखरा) आइपुगेका हुन्। केही दिन अघि मात्र नेपाल प्रहरी प्रधान कार्यालयले ११ जना (एसपी) काज सरुवा गरेको थियो।…

मेयर धनराजले विन्ध्यवासिनी माविमा के बोले ?

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तर र प्राविधिक शिक्षा आवश्यक रहेको औंल्याएका छन्। राज्यको ठूलो लगानी शिक्षा क्षेत्रमा रहेकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै पक्षले गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने औंल्याए। उनले दक्ष जनशक्ति विदेशिने क्रम जारी रहेकाले त्यसलाई रोक्न राज्यले शिक्षा क्षेत्रमा सुधार सँगसँगै प्राविधिक ज्ञान, सीप र…

पोखराका मेयर धनराज आचार्य विन्ध्यवासिनी माविमा

पोखरा–१६, बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविको हिरक जयन्ती अन्तर्गत पुरस्कार वितरण, सम्मान तथा बिदाई कार्यक्रममा सरिक भए। कार्यक्रममा मेयर आचार्यले अक्षयकोषदाता दुर्गा केसी थापा, मेहरमान थापा, भीमबहादुर थापा, प्रकाश अधिकारी/रमेश अधिकारी, एसईईका सर्वोत्कृष्ट विद्यार्थी सिन्धु लम्साल, आशिक गौतम, उत्कृष्ट विषयगत शिक्षक खेमराज पौडेल, महेन्द्रप्रसाद पौडेल, महेन्द्रमणि पौडेल, उत्कृष्ट कक्षा मोनिटर कक्षा ९ क की इन्दु लम्साल,…

पोखरा–बाटुलेचौरस्थित विन्ध्यवासिनी माविले हिरक जयन्ती मनाउँदैं

गण्डकी प्रदेशमै उत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यामिक विद्यालयले आफ्नो हिरक जयन्ती मनाएको छ। ७५ वर्षअघि स्थापना भएको विद्यालयले आफ्नो हिरक जयन्ती मनाएको हो। हिरक जयन्तीको अवसरमा विद्यालयले पुरस्कार वितरण, सम्मान तथा बिदाई गरेको छ। विद्यालयको अक्षयकोषदाता, एसईई सर्वोत्कृष्ट विद्यार्र्थी, उत्कृष्ट विषयगत शिक्षक, उत्कृष्ट कक्षा मोनिटर र उत्कृष्ट अभिभावकलाई सम्मान गरेको हो।…

साफ यु–२० च्याम्पियनसीप : नेपालको भारतसँग लज्जाजनक हार

साफ यु–२० च्याम्पियनसीप फुटबलमा नेपालले आफ्नो तेस्रो खेलमा भारतसँग लज्जास्पद हार बेहोरेको छ। भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा नेपाल भारतसँग ८–० गोल अन्तरले पराजित भएको हो। पहिलो हाफ निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा १ गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप ७ गोल खायो। भारतका लागि टाइसनले खेलको ३२ र ६६, पार्थिवले ५० र ५२, हिमांशुले…

राखेप आ.व. २०७९/०८० को कार्यक्रम र बजेट पारित

राष्ट्रिय खेलकुद परिषद (राखेप)को आर्थिक वर्ष २०७९/०८० को बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको छ। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा आज (आइतबार) बसेको  ११३ औ राखेपको बोर्ड बैठकले बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको हो। बैठकले नवौं राष्ट्रिय खेलकुद, खेलाडीको पुरस्कार र भत्ता लगायत विभिन्न निर्णय समेत गरेको छ। बैठकले नवौं…

नेप्सेमा दोहोरो अंकले उच्च वृद्धि

कारोबारको पहिलो दिन आज (आइतबार) नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से आज ५४ दशमलव ५८ अंकले बढेर २ हजार १ सय ९५ दशमलव १० विन्दुमा पुगेको हो। आज फाइनान्स बाहेक सबै उपसमुहको शेयर उकालो लागेको छ । आज २ सय २० वटा कम्पनीको १ करोड १३ लाख ३९ हजार ४ सय ७६ कित्ता…

अर्थमन्त्री शर्माले लिए शपथ

अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज (आइतबार) साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई पद तथा गोपनियताको शपथ खुवाएकी हुन्। चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि छानबिनको लागि २२ असारमा संसदीय समिति गठन भएको थियो। शर्माले त्यसै…

सुन चाँदीको मूल्य दिन प्रति दिन बढ्दै

सुन चाँदीको मूल्य दिनप्रति दिन बढ्न थालेको छ। हप्ताको पहिलो दिन आज (आइतबार) तोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ पुगेको छ। २ दिनअघि मात्रै (शुक्रबार) सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको थियो। यस्तै, चाँदीको भाउ पनि लगातार बढ्न थालेको छ। तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ३० रुपैयाँमा…

प्रहरीका १३ जना एसपीको काज सरुवा, ४ जिल्लाका प्रमुख फेरिए

नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरिएको छ। ४ जिल्लाका इन्चार्ज फेरिएका छन्। ज्ञानेन्द्रप्रसाद फुयाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा सरुवा गरिएको छ। सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटका रमेश पण्डितलाई पठाइएको छ। सीआइबीमा कार्यरत श्यामकुमार महतोलाई ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा सरुवा गरिएको छ। सर्लाहीमा विवादित भएर तानिएका कृष्ण प्रसाईलाई…