श्रीलंकाको संसदले आज (बुधबार) जुलाई २० तारिकका दिन नयाँ राष्ट्रपतिका लागि मतदान गर्दैछ। राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि संसदमा मतदान हुन लागेको हो। राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभूतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ। श्रीलंकाका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन्।…
गत असार १८ गते लिइएको माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। जसमा देशभरबाट २३ हजार ७२ जना उत्तीर्ण भएका छन्। शिक्षक सेवा आयोगका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार १ सय ४५ जना उत्तीर्ण भएका छन्। बागमतीमा १ सय ८ जनाको परीक्षा रद्द गरिएको छ। यस्तै, प्रदेश १ मा…
श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज (बुधबार) साउन ४ गतेदेखि प्राथमिक शेयर ¬(आइपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूका लागि आइपीओ निष्काशन गरेपछि अब सर्वसाधारणका लागि विक्रि खुला गरेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९…
निर्वाचन आयोगले कास्कीसहित ८ जिल्लाबाट अनलाइन मतदाता नामावली फाराम भर्ने व्यवस्था मिलाएको छ। कास्की, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, मोरङ र झापा जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ। अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्ला (कास्की, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, मोरङ र झापा) को जिल्ला निर्वाचन कार्यालयमा…
१९ औं एसियाली खेलकुदको नयाँ मिति घोषणा गरेको छ। ओसिएले आयोजक चीनसँगको सहमतिमा मंगलबार एसियाड सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हाङझावमा गर्ने उल्लेख गरेको छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले यसअघि कोभिड–१९ महामारीका कारण स्थगित गरिएको थियो। यसअघि, एसियाड २०२२ सेप्टेम्बर १० देखि २५ (भदौ २५ देखि असोज ९ गते)…
सुडानको खार्तोममा भएको जातीय दंगामा परी मृत्यु हुनेको संख्या ६५ पुगेको बताइएको छ। सुडानको ब्लु नाइल प्रदेशमा भएको सो जातीय दंगाको घटनामा परी आइतबार बिहानसम्ममा मृत्यु हुनेको संख्या ६५ जना पुगेको यहाँको अल सुडान दैनिक पत्रिकाले जनाएको छ। सुडानको ब्लु नाइल प्रदेशका केही ठाउँमा जातीय दंगा भएका छन्। ती घटनामा परी कम्तीमा पनि ६५ जनाको…
जंगलमा लागेको आगो नियन्त्रणभन्दा बाहिर गएपछि फ्रान्समा १४ हजार जनाभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ। फ्रान्सको दक्षिण पश्चिम जंगलमा डढेलो फैलिएको छ। नियन्त्रणभन्दा बाहिर गएपछि त्यहाँ घुम्न र छुट्टी मनाउनका लागि गएका पर्यटकलाई पनि फर्काउन थालिएको छ। डढेलो स्पेन, क्रोयसिया र ग्रीसमा समेत फैलिएको बीबीसीले जनाएको छ। आगलागीकै कारण स्पेनको मिजास पहाडी क्षेत्रका ३ हजार…
जमैकन धाविका सेल्ली–आन फ्रेजर–प्राइस महिला १ सय मिटर दौडमा पाँचौंपटक विश्व च्याम्पियन बनेकी छन्। ३५ वर्षीय फ्रेजर–प्राइसले १०.६७ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै च्याम्पियन बनेकी हुन्। दोस्रो र तेस्रो स्थानमा पनि जमैकन खेलाडी नै रहे। सेरिका ज्याक्सनले रजत र एलाइन थम्पसन हेराहले कास्य पदक जिते। फ्रेजर प्राइस एथलेटिक्सको ट्रयाकतर्फ एउटै व्यक्तिगत स्पर्धामा पाँचपटक विश्व च्याम्पियन…
भारतमा हुने साफ यु–२० च्याम्पियनसीपका लागि नेपाली यु–२० राष्ट्रिय टोलीको अन्तिम घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार च्याम्पियनसीपका लागि अन्तिम टोली घोषणा गरेका हुन्। साफ यु–२० च्याम्पियनसीप भारतमा जुलाई २५ देखि अगस्ट ३ सम्म हुँदैछ। नेपालले साफ यु–२० च्याम्पियनसीपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७…
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० लिगका लागि आज (सोमवार) ४ वटा टोलीको घोषणा गरिएको छ। आउँदो असोज ८ देखि कात्तिक ५ गतेसम्म कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजना हुन लागेको प्रतियोगिताका लागि आयोजना अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले ४ टोलीको नाम सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको टोलीमा १ नेपाली,…