Author Archive »

सामाजिक बिकास कार्यालय गोरखाको प्रगति ७० प्रतिशत

सामाजिक बिकास कार्यालय गोरखाले आर्थिक वर्ष २०७८/७९ मा ७० प्रतिशत प्रगति हासिल गरेको छ। कार्यालयले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा कार्यालय प्रमुख दीपेन्द्र परियारले चालु वर्ष  पुँजीगततर्फ ८२ र चालुतर्फ ४७ प्रतिशत प्रगति भएको जनाए। २०७८ असोजमा गोरखामा सामाजिक बिकास कार्यालय स्थापना भएको हो। उक्त कार्यालयले चालु वर्ष ३६ वटा योजनामध्ये ३४ वटा पूरा गरेको…

एक वर्षमा ६ लाख २८ हजार नेपालीहरु विदेशिए

चालु आर्थिक वर्षमा ६ लाख २८ हजार ५ सय ३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । कोरोना संक्रमणपछि केही घटेको वैदेशिक रोजगारीको क्षेत्र अहिले लयमा फर्किएको हो। कोभिड–१९ विरुद्धको खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै पछिल्लो वैदेशिक रोजगारीमा जाने क्रम बढेको हो। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षमा श्रम स्वीकृति लिएको…

सुत्केरी र जुम्ल्याहा शिशुलाई हेलीकोप्टरमार्फत उद्धार

स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीया सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलीकोप्टरमार्फत अस्पताल लगिएको छ। जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार राति शल्यक्रिया गरेर सुत्केरी भएकी उर्मिला र जुम्ल्याहा शिशुको स्वास्थ्यमा जटिल समस्या निम्तिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च बेहोर्ने गरि शनिबार हेलीकोप्टरमार्फत काठ्माण्डौ लगिएको हो। समयभन्दा पहिल्यै ३० हप्तामै…

स्याङ्जा गल्याङका पूर्वमेयर अधिकारीलाई एमालेले गर्‍यो कारबाही

स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका जिल्ला कमिटी सदस्य भुपराज अधिकारीलाई एमालेले अनुशासनको कारबाही गरेको छ। गएको पालिका चुनावमा आफ्नै पार्टीका उमेद्वारलाई अन्तर्घात गरेको आरोपमा अधिकारीलाई कारबाही गरेको हो। अधिकारीलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको एमाले स्याङ्जाले जनाएको छ। एमाले स्याङ्जाका अनुसार २ पटकसम्म सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि अधिकारीलाई पार्टीले कारबाही…

हिमालय एअरलाइन्सले थाल्यो काठमाण्डौ–कुवेत उडान

हिमालय एअरलाइन्सले काठमाण्डौ–कुवेत उडान सुरु गरेको छ। हिमालय एअरलाइन्सले आफ्नो आठौँ गन्तव्यका रुपमा हिँजो (शुक्रबार)देखि काठमाण्डौ–कुवेत उडान थालेको हो। गए राति साढे १० बजे कुवेत उडेको जहाज आज (शनिबार) पुन: यात्रु बोकेर बिहान सवा ९ बजे काठमाण्डौ अवतरण गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य…

पोखराका कवि तेजनाथ घिमिरेको निधन

कवि तेजनाथ घिमिरेको निधन भएको छ । पोखराका कवि घिमिरेको शनिबार बिहान २ बजेर १२ मिनेटमा निधन भएको हो। पोखरा–३ नदीपुर निवासी घिमिरे लामो समयदेखि उच्च रक्तचाप, मधुमेह तथा दम रोगबाट पीडित थिए। घरमै अक्सिजन दिएर उपचार भइरहेकोमा आज (शनिबार) बिहान ८३ वर्षको उमेरमा उनको निधन भएको हो। स्व. घिमिरेका २ श्रीमती, ५ छोरा, २…

पोखरा महानगरका मेयर धनराजको शाहसिक कदम

पोखरा महानगरका नव निर्वाचित मेयर धनराज आचार्यले शाहसी काम गरेका छन्। अपारदर्शी ढंगले सार्वजनिक जग्गा निजी कम्पनी भाडा लगाउने पूर्व मेयर तथा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष मानबहादुर जिसीले कार्यकालको अन्तिम समयमा गरेको निर्णयलाई नयाँ मेयर आचार्यले खारेज गरेका छन्। पोखरा उपत्यका नगर विकास समितिको बैठकले सो सम्झौता खारेज गर्ने निर्णय गरेको शुक्रबार आयोजित…

२ लाख ५३ हजार रुपैयाँ सहित पोखराबाट ६ जुवाडे पक्राउ

पोखरामा २ लाख ५३ हजारसहित ६ जना जुवाडे पक्राउ परेका छन्। पोखरा महानगरपालिका–८ स्थित नबीन गौचनको घरमा जुवातास खेलिरहेको अवस्थामा जुवाडेहरु पक्राउ परेका हुन्। जुवा खालबाट २ लाख ५३ हजार नगदसहित २०८ पत्ती तास समेत प्रहरीले बरामद गरेको छ। पक्राउ पर्नेहरुमा मुस्ताङ जिल्ला थासाङ–३ घर भई पोखरा महानगरपालिका–८, न्यूरोड बस्ने वर्ष ३२ का नबीन गौचन,…

पोखरामा लागू औषधसहित परियार पक्राउ

कास्कीको पोखरामा लागू औषधसहित एक जना पक्राउ परेका छन्। पोखरा–३१ किमबेसीका २५ वर्षीय जीवन परियार करिब साँढे ३ किलो गाँजासहित पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले परियारलाई बिहीबार पौने ८ बजे पृथ्वी राजमार्गको पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो। कास्की जिल्लामा लागू औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा…

पोखरा हेमजाका बाढी पीडितलाई राहत वितरण

पोखरा महानगरपालिका वडा न. २५ हेमजास्थित बाढी पीडितलाई शुक्रवार राहत वितरण गरिएको छ। क्षतिको किसिम हेरेर पीडितहरुलाई राहतस्वरूप नगद २५ र १५ हजार रुपैया गरी कूल २ लाख वितरण गरेको हो। गण्डकी प्रदेश आन्तरिक तथा मामीलामन्त्री दोवाटे विकले राहत वितरण गरेका हुन्। मन्त्री विकले राहत वितरण गर्दै राहत छिटो दिन सके पीडितलाई मल्हमको काम गर्ने…