गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सामाजिक एकता समृद्ध राष्ट्रको आधार भएको औंल्याएका छन्। सामाजिक संघसंस्थाले संगठित नागरिकको भूमिका निर्वाह गर्ने हुँदा मुलुक निर्माणमा सामाजिक संघसंस्था महत्वपूर्ण रहेको उनको भनाई छ। धादिङ–पोखरा सम्पर्क समाजको कार्यक्रममा प्रमुख अतिथि भट्टले कुशल नेतृत्व, समयसापेक्ष कार्ययोजना, भावी कार्यक्रम र रणनीतिको निर्माणले समाजिक संस्था प्रभावकारी रूपमा अघि बढ्ने उल्लेख गरे। ‘संस्थालाई…
जनकपुर बोल्ट्स पहिलो संस्करणको फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको च्याम्पियन बनेको छ। काठमाण्डौंकोको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा सूदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स एनपीएल च्याम्पियन बनेको हो। सूदूरपश्चिम रायल्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो। जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले…
यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस्तो व्यवस्था लागु गर्न लागेको हो। यसै वर्षदेखि नै लागू हुनेगरी लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस्तो व्यवस्था गर्न लागेको हो। निर्देशिका अनुसार, यस वर्षदेखि जुन विषयमा…
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यसअघि अदालतबाट मुद्दा चलेका जीबी राईसहित १९ जनाविरुद्ध हिँजो (शुक्रबार) पूरक अभियोग दर्ता भएको छ। यसअघि, सहकारी ठगीमा मात्र मुद्दा चलाइएका राईलगायत १९ जनामाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पुरक अभियोगका रुपमा थपिएको हो। अदालतमा मुद्दा विचाराधीन रहेका राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ।…
कास्कीको मादी गाउँपालिकाको सिकलेसमा संचालित सांस्कृतिक ग्राम पर्यटन पूर्वाधार निर्माण योजनाको स्थलगत अध्ययन अवलोकन गरिएको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा उपप्रमुख सरिता कुमाल, समन्वय अधिकारी नवराज बराल, प्राविधिक, पत्रकारसहितको स्थलगत अनुगमनमा पुगेको टोलीलाई गाउँपालिकाका सवइन्जिनियर राजु ढकालले योजनाअन्तर्गत भए, गरेको गतिविधिबारे जानकारी गराए। निर्माण व्यवसायी ओम गौचनकाअनुसार डपीआरअनुसारको काम गर्न अप्ठेरो…
यु–१६ महिला मैत्रीपूर्ण फुटबलमा भुटानसँग नेपालले लज्जाजनक हार खेपेको छ। भुटानको १६ वर्षमुनिको महिला टोलीसँगको मैत्रीपूर्ण फुटबलमा घरेलु नेपाली टोलीमाथि फरक गोलअन्तरले पराजित गरेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानले नेपाललाई ५–१ गोलको फरक अन्तरले हरायो। भुटानकी कप्तान छिरिङ ल्हामो र सोनाम छोगेलले २÷२ गोल गरे। ् त्यसैगरी, भुटानी उगेन सोमोले १ गोल…
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा अस्पतालमा चिकित्सकहरु नभेटिए कारबाही गर्ने तयारी गरेको छ। मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाई हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरे कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरुलाई निर्देशन दिएका छन्। आजकल अस्पतालमा काम गर्ने डाक्टरहरु रेजिडेन्स डाक्टरहरुको भरमा…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रसँग मिलेर काम गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्। गोरखा उद्योग बाणिज्य संघ गोरखाको ४९ औं बार्षिक साधारण सभा एवं १७ औ अधिवेशनलाई आज (शुक्रबार) सदरमुकाममा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले विकास र सम्बृद्धिका लागि निजी क्षेत्रसँग साझेदारी गरेर अघि बढ्न सरकार तयार रहेको औंल्याए। मुख्यमन्त्री पाण्डेले भने, ‘स्थानीय…
यु–१९ महिला एशिया कप क्रिकेटको प्रतियोगिताबाट नेपाल बाहिरिएको छ। यु–१९ महिला एशिया कप क्रिकेटअन्तर्गत ’सुपर–फोर’ को खेलमा बंगलादेशसँग पराजित बन्दै नेपाल फाइनल पुग्नबाट रोकियो। जीतसँगै बंगलादेश १९ वर्षमुनिको एशिया कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभलमा आज (शुक्रबार) भएको ’सुपर–फोर’ को खेलमा बंगलादेशले नेपाललाई ९ विकेटले हराउँदै फाइनल पुगेको हो। बंगलादेश ’सुपर–फोर’ मा…
सर्वाेच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई रिहा गर्न आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै सर्वाेच्चका न्यायाधीशद्वय डाक्टर नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले आज (शुक्रबार) प्रसाईलाई रिहा गर्न आदेश दिएको हो। साइबर कसूरको मुद्दामा प्रहरीले प्रसाईलाई गएको मंसीर ४ गते भक्तपुर निवासबाट पक्राउ गरेको थियो। मंसीर २७ गते साइबर अपराध कसूरको मुद्दामा…