Author Archive »

युट्युबरलाई करको दायरामा ल्याउन सरकारलाई प्रेस काउन्सिलको सुझाव

प्रेस काउन्सिल नेपालले युट्युब च्यानल दर्ता एवं सूचीकरण गरी करको दायरामा ल्याउन सरकारलाई सुझाव दिएको छ। युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जालका सम्पर्क कार्यालय वा कम्पनीका प्रतिनिधि नहुँदा पीडित पक्षको सुनुवाइ नभएको, आपत्तिजनक सामग्री हटाउन समस्या भइरहेको भन्दै सरकारलाई यस्तो सुझाव दिएको हो। यसका साथै काउन्सिलले युट्युब सहितका सामाजिक सञ्जालको नियमनका लागि बेग्लै स्वतन्त्र निकाय बनाउन…

टी–२० विश्वकपको ट्रफी नेपाल ल्याइँदै

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले पुरुष टी–२० विश्वकपको ट्रफी नेपाल ल्याउने भएको छ। आईसीसी पुरुष टी–२० विश्वकप २०२२ को शुक्रबारदेखि काउन्ट डाउन सुरु गरेको आइसीसीले ट्रफीलाई विभिन्न १२ देशको २९ ठाँउमा प्रदर्शनीका लागि राखिने जनाएको छ। आइसीसीका अनुसार अगष्ट ३० र ३१ मा नेपालको काठमाडौंमा प्रदर्शनका लागि राखिनेछ। यसअघि, आइसीसीले २०१८ एकदिवसीय विश्वकपको ट्रफी पनि नेपाल…

आबेको शव टोक्योस्थित निवासमा ल्याइयो

गोली हानेर हत्या गरिएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको पार्थिव शरीर राजधानी टोक्योस्थित उनको निवासमा ल्याइएको छ। आबेको शव उनको निवासमा आइपुग्दा सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का कालो पोशाक लगाएका सदस्यहरूले सम्मान तथा श्रद्धान्जली प्रकट गरेका थिए। आबेको हत्यामा अहिले विश्वले नै आक्रोश र शोक व्यक्त गरिरहेको छ। आबेमाथि शुक्रबार बिहान दक्षिणी सहर नारामा…

माओवादी स्थायी कमिटीको पहिलो बैठकको निर्णय यस्तो रह्यो

नेकपा माओवादी केन्द्रको आज (शनिबार) बसेको बैठकले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेमाथि कारबाही गर्नेदेखि विद्यार्थी संगठनमा देखिएको समस्या समाधान गर्न छानबिन गर्नेसम्मका निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको स्थायी कमिटी बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ।   स्थायी कमिटीको पहिलो बैठकको निर्णयहरू   १. स्थानीय तह निर्वाचनमा घात अन्तर्घात गरेको आवाज उठेपछि…

तनहुँमा पनि ‘नाइरोबी फ्लाइ’को संक्रमण 

गण्डकी प्रदेशको क्षेत्रमा पनि ‘नाइरोबी फ्लाइ’ संक्रमण देखा परेको छ। गण्डकी प्रदेशको तनहुँ जिल्ला र आसपासका क्षेत्रमा केही दिनदेखि ‘नाइरोबी फ्लाई’ नामक किरा देखिन थाले को हो। स्वास्थ्य प्रवद्र्धन तथा निगरानी केन्द्रले यसबाट सतर्क रहन आग्रह गरेको छ। ‘नाइरोबी फ्लाइ’ले टोक्दा वा शरीरमा घर्षण हुँदा बिरामीको छालामा दाग, घाउ आउने पोल्ने जस्ता जटिल समस्याहरु देखिन्छन्।…

भुवनले जिते ‘शुक्ला दोधारा चाँदनी’ साइकल यात्राको उपाधि

महेन्द्रनगरका भुवन विष्टले ‘शुक्ला दोधारा चाँदनी’ साइकल यात्रा जितेका छन्। ‘स्वास्थ्य र पर्यावरणप्रतिको हाम्रो दायित्व’ भन्ने मूल नाराका साथ नेपाली सेनाले आयोजना गरेको उक्त साइकल यात्रामा बिष्ट प्रथम भएका हुन्। कञ्चनपुरको महेन्द्रनगरमा शनिबार नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले आयोजना गरेको साइकल यात्रामा बिष्टले १ घण्टा ४४ मिनेट ५१ सेकेण्डमा निर्धारित ४२…

१०५ वर्षीया भारतीय बजैले राखिन् दौडमा नयाँ कीर्तिमान

१०५ वर्षीया रामबाईले १०० मिटर दौडमा कीर्तिमान कायम गरेकी छन्। बोल्ट बजै नामले चर्चित गुजरातमा सम्पन्न न्याश्नन ओपन मास्टर्स एथलेटिक्स च्याम्पिअनसीपमा १०० मिटर दौड ४५.४० सेकेन्डमा पूरा गर्दै नयाँ भारतीय कीर्तिमान राखेकी हुन्। रामबाई १०० वर्षभन्दा माथि उमेर समूहमा एक्ली प्रतिस्पर्धी थिइन्। सामान्यतया दौडमा समर्थकहरूले धावकलाई छिटो दौडन ताली पिट्छन्। तर, उनका नातेदारहरू भने आफूले…

प्रहरीका ३२ एसपी एसएसपी बढुवामा सिफारिस (हेर्नुहोस, बढुवा सूची)

नेपाल प्रहरीका ३२ जना एसपी एसएसपी बढुवामा सिफारिस भएका छन्। आज (शनिबार) बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो। सिफारिसको पहिलो नम्बरमा गणेश चन्द छ्न्। उनी सिनयर ब्याचका हुन्। यस्तै डिल्लीराज विस्ट पनि बढुवाका लागि सिफारिसमा परेका छ्न्। निर्मला बलात्कार तथा हत्या प्रकरणमा उनी वर्खास्तीमा परेका थिए। (हेर्नुहोस, बढुवा सूची)…

आबेलाई गोली हान्ने यामागामीले प्रहरीसमक्ष दिए यस्तो बयान

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले आबे आबद्ध ‘विशेष संगठन’विरुद्ध गुनासो गरेको जनाएको छ। ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आबेलाई उक्त समूहको सदस्य भएको विश्वासमा आक्रमण गरेको बयान दिएका छन्। तर, समूहको नाम बताइएको छैन्। शुक्रबार बिहान एक राजनीतिक प्रचार कार्यक्रममा बोल्ने क्रममा आबेमाथि गोली प्रहार भएको थियो। उनको अस्पतालमा उपचारका…

जापानका पूर्वप्रधानमन्त्री आवेको हत्याराको परिचय खुल्यो

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको गोली हानी हत्या गर्ने ४१ वर्षीय नारा सहर निवासी व्यक्तिको नाम तेत्सुया यामागामी भएको जापानी संचार माध्यमले जनाएका छन्। घटनास्थलमै नियन्त्रणमा लिइएका उनी अहिले प्रहरी हिरासतमा छन्। उनी जापानी नौसेनाको सेल्फ डिफेन्स फोर्सको पूर्व सदस्य भएको बताइएको छ। तर, रक्षा मन्त्रालयले यसबारे औपचारिक पुष्टि गरिसकेको छैन। जापान ब्रोडकास्टिङ कर्पोरेसन एनएचकेले…