होटल संघ पोखरा नेपालको आयोजनामा हालै पोखरामा एक दिने टुर प्याकेज तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। तालिममा पर्यटन क्षेत्र सम्बद्ध तीन दर्जन व्यवसायीको सहभागिता थियो। आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा टेवा पुगोस् भन्ने उद्धेश्यका साथ नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा कार्यक्रम आयोजना गरिएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। सो अवसरमा बोल्दै सुवेदीले…
गोली प्रहारबाट गंभीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ। जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान आवेमाथि गोली प्रहार भएको थियो। जापानमा साना हतियार प्रतिबन्धित भएकाले कमै मात्रामा गोलीकाण्ड हुने गर्छन्। भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो। गोली लागेपछि उनी सडकमै ढलेका थिए। उनको शरीरबाट रगत बगेको…
आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गरिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सम्पन्न हुने उद्घोष गरिएको छ। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले निर्धारित मितिमै राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बताएका हुन्। शुक्रबार काठमाडौंमा सम्पन्न प्रतियोगिता मुल आयोजक कमिटीको पहिलो बैठकमा मन्त्री गहतराजले तोकिएको मितिमै प्रतियोगिता संचालन हुने बताए। कोभिडका कारण लामो समयदेखि रोकिएको…
बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड २०७८ को उपाधि बागलुङले जितेको हो । बागलुङले समग्रमा १० स्वर्ण, १३ रजत र ४ कास्यपदक सहित रनिङ शिल्ड हात पार्दा नवलपुरले ९ स्वर्ण, ६ रजतका साथ दोस्रो तथा स्याङजा ६ स्वर्ण २ रजत र…
अपर हेवाखोला हाइड्रोपावरको आइपीओ बिक्री खुल्ला गरिएको छ। कम्पनीले असार २४ गतेदेखि १५ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आइपीओ) जारी गरेको हो। प्रतिकित्ता १०० रुपैयाँ दरका १५ लाख कित्ता आइपीओ जारी गरेको कम्पनीले कुल निष्काशन मध्ये ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि…
गण्डकी प्रदेशसभा स्थागित भएको छ। प्रदेश सभामा नेकपा एमालेले अवरोध गरेको हो। बजेटमा आपत्ति जनाउँदै एमालेले विभिन्न माग अघि सारेर अवरोध गरेको हो। अहिले बजेटअन्तर्गत वार्षिक विकास कार्यक्रमको मन्त्रालयगत छलफल चलिरहेको छ। छलफल बिहीबार नै सुरु हुने भनिए पनि एमालेले अवरोध गर्ने देखेर बैठक सुरु हुनुअगावै सूचना टाँसेर शुक्रबारका लागि सारिएको थियो। शुक्रबारको बैठक सुरु…
कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो। प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागिएको छ। त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण…
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पोलिटब्युरोमा अब १५६ जना सदस्य रहने भएका छन्। यसअघि, १२५ जनाको पोलिटब्युरो रहने भनिएकामा आकांक्षी धेरै भएपछि संख्या बढाइएको हो। बैठकमा अध्यक्ष प्रचण्डले १५६ जनाको पोलिटब्युरो बनाउन सकिने वैधानिक आधार रहेको भन्दै संख्या बढाउने प्रस्ताव गरे। उनले १२५ भन्दा बढी नेताहरुको नाम पोलिटब्युरोमा रहने भन्दै बाचन गरे। केही नाम अझै…
नेकपा माओवादी केन्द्रले स्थायी कमिटीमा ४१ सदस्यीय बनाउने भएको छ। काठमाण्डौमा चलिरहेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीका सदस्यका एक तिहाइसम्म स्थायी कमिटी सदस्य बनाउन सकिने विधानमा भएको व्यवस्थाअनुसार ४१ सदस्यीय स्थायी कमिटी हुने जानकारी दिएका छन्। प्रचण्डले यसअघि नै सदस्य रहेका १५ जनाको नाम वाचन गरेका हुन्। बाँकीको नाम छिट्टै टुंगो…
सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिने अल्पकालीन अन्तरिम आदेश दिएको छ। निगम अध्यक्षमा ४ वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिएको हो। अधिकारी २०७८ कात्तिक ११ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए। आदेशमा अहिलेका दिपुराज…