Author Archive »

माओवादी केन्द्रमा १२५ जनाको पोलिटब्युरो सदस्य

माओवादी केन्द्रको १२५ सदस्यीय पोलिटब्युरो सदस्यमध्ये गण्डकी प्रदेशबाट मात्रै ४ दम्पत्तीले अवसर पाएका छन्। बिहीबार अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको उक्त संख्याको पोलिटब्युरो सदस्यमध्ये नेता देव गुरुङ, हितमान शाक्य, शिक्षामन्त्री देवेन्द्र पौडेल, युवा नेता देवेन्द्र पराजुलीको दम्पत्ती पोलिटब्युरो सदस्यमा नाम आएको छ। प्रस्तावित नामहरुमा नेता देव गुरुङकी यशोदा सुवेदी ‘प्रभा’, नेता हितमान शाक्यकी अमृता थापा, शिक्षामन्त्री…

बेलायती प्रधानमन्त्री जोनसनले दिए पार्टी नेताबाट राजीनामा

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन्। पछिल्ला २ दिनमा बोरिस जोनसनको क्याबिनेटका धेरै मन्त्रीहरूले राजीनामा दिएका छन् र धेरै सांसदहरू उनको विरुद्धमा उभिएका छन्। उनको राजीनामापछि अब कन्जरभेटिभ पार्टीमा नेता पदका लागि प्रतिस्पर्धा हुने र अक्टोबरमा पार्टीको महाधिवेशनमा नयाँ प्रधानमन्त्रीको घोषणा गरिनेछ। यसैबीच, बोरिस जोनसनले प्रधानमन्त्रीको रूपमा भने निरन्तरता पाउनेछन्।…

बाजुराको बुढीगंगा नगरपालिकामा मतदान सुरु

बाजुराको बुढीगंगा नगरपालिकामा मतदान सुरु हुँदैछ। गत वैशाख ३० गते भएको निर्वाचन विवादपछि त्यसलाई रद्द गरिएको थियो। बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। बुढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन्। यस्तै उपमेयरमा कांग्रेसबाट रीता शाही र एमालेबाट मायाकुमारी खड्का उम्मेदवार छन्। निर्वाचनलाई स्वच्छ वातावरणमा सम्पन्न गर्न सुरक्षा…

विवाह बन्धनमा बाँधिए पञ्जाबका मुख्यमन्त्री मान

पञ्जाबका मुख्यमन्त्री भागवंत मान विवाह बन्धनमा बाँधिएका छन्। ४८ वर्षका मुख्यमन्त्री मानले आफूभन्दा १६ वर्ष कम उमेरकी डा. गुरप्रीत कौरसँग विवाह गरेका हुन्। बिहीबार मुख्यमन्त्री निवासमा विवाह समारोह आयोजना गरिएको थियो। विवाहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि सहभागी भएका थिए। यो मुख्यमन्त्री मानको दोस्रो विवाह हो। उनी पहिलो श्रीमतीसँग सन् २०१५ मा अलग भएका थिए।…

आमसंचार विधेयक प्रेसमैत्री हुनेछ : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आमसंचार विधेयक प्रेसमैत्री हुने दाबी गरेका छन्। ‘यो वा त्यो बहानामा प्रेसमाथि नियन्त्रण गर्न हुँदैन, त्यसबारे आफूले निर्देशन समेत दिइसकेको छु।’ नेपाल प्रेस युनियन कास्कीको महाधिवेशन लक्षित भेलालाई बुधबार सम्बोधन गर्दै उनले लोकतन्त्रका लागि लडेका संचारमाध्यममाथि अंकुश लगाउने गरी आमसंचार विधेयक नआउने विश्वास दिलाए। आमसंचार विधेयक संसदमा छलफलका क्रममा…

अविरल वर्षाका कारण पोखरा डुबानमा (हेर्नुहोस, फोटो फिचर)

अविरल वर्षाका कारण पोखरा लगायत कास्कीका केही ठाउँहरु डुबानमा परेका छन्। शुक्रबार बेलुकीदेखि परेको अविरल वर्षाका कारण घरहरु डुबानमा परेका हुन्। घर डुबानमा परेकाहरुलाई उद्धार समेत गरेको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पोखराको वडा नं २५ को हेमजालगायत म्याग्दी टोल, सुन्दरपुरी, खहरेटारीमा गरी करिब ७० घर डुबानमा परेको हो। घर डुबानमा परेका करिब ३…

कविशिरोमणिको जन्मस्थल अर्घौ अर्चलेमा पुग्यो सिर्जनशील

कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल पोखरा महानगरपालिका–२७ अर्घौ अर्चलेमा शनिवार सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानले नियमित मासिक कार्यक्रम गरेको छ। पोखरा महानगरपालिका वडा नं–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले रचना वाचन गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन्। उनले लेखनाथ जन्मस्थललाई बिकसित गर्न थप पहल गर्ने प्रतिबद्धता समेत व्यक्त जनाए। कार्यक्रममा बोल्दै लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले लेखनाथ जन्मस्थल संरक्षण…

पोखरा स्पोर्टस् अवार्डलाई तमुधि यूकेको १ लाख सहयोग

तमुहरुको बेलायतकै सबैभन्दा ठूलो र साझा संस्था तमुधिं युकेले पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही असार १८ गते हुने ‘छैटौं पोखरा स्पोर्टस अवार्ड’लाई तमुधिं युकेले नगद १ लाख सहयोग गरेको हो। तमुधिं युकेबाट प्राप्त उक्त सहयोग संस्थाका नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद गुरुङले शनिबार मञ्चका अध्यक्ष दिनानाथ बराललाई हस्तान्तरण…

यस्तो छ, कास्की काँग्रेस वैठकको निर्णय

नेपाली काँग्रेस कास्कीको शनिवार सम्पन्न वैठकले विभिन्न निर्णयहरु गरेको छ। नेपाली काँग्रेस कास्की सभापति किशोरदत्त वरालको सभापतित्वमा वसेको वैठकले स्थानीय तहको निर्वाचनको समीक्षासहित विभिन्न निर्णयहरु गरेको छ। वैठकले, पार्टीका तर्फवाट उम्मेदवार वनेर स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरुलाई यही आषाढ २५ गते वधाई ज्ञापन र सम्मान गर्ने निर्णय गरेको छ। यसैगरी, वैठकले, श्रावण ६ गते महामानव…

पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

यहीं असार १८ गते पोखरामा आयोजना हुन लागेको छैटौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०७८’ को मनोनयन सार्वजनिक भएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर ४ बिधाका उत्कृष्ट ३ मनोनयन सार्वजनिक गरेको हो। जसअनुसार वर्ष खेलाडी पुरुषमा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदिप खड्का उत्कृष्ट ३ मा…