Author Archive »

पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड (पूर्ण पाठसहित)

पोखरा महानगरपालिकाले आ.व. २०७९/०८० का लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजारको बजेट ल्याएको छ। उपमेयर मञ्जुदेवी गुरुङले ११ औं नगरसभामा शुक्रबार बजेट सार्वजनिक गरेकी हुन्। चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो। बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११…

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा

कास्की जिल्ला ब्याडमिन्टन संघले आयोजना गर्ने गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो। ४ विधामा प्रतियोगिता संचालन गर्न लागिएको प्रतियोगिताको पुरुष एकलतर्फ प्रतियोगितको प्रतिस्पर्धामा २९, पुरुष डबल्सतर्फ ४२ टिमको सहभागिता रहनेछ। यस्तै, महिला एकलतर्फ ८ र डबल्सतर्फ ८ टिमको सहभागिता रहने प्रतियोगिता…

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण

अब, पोखरा आसपास क्षेत्रको किड्नीका विरामीहरुले मिर्गौला प्रत्यारोपण गर्न अन्यत्र जानु नपर्ने भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा विहिबार पहिलोे पटक मिर्गौला सफलतापूर्वक गरिएको छ। गण्डकी प्रदेशमै पहिलो पटक प्रतिष्ठानको आन्तरिक खर्च व्यवस्थापन गरी सुरु गरिएको उक्त सेवा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रतिष्ठानको सहकार्यमा भएको हो। केन्द्रका डा. पुकारचन्द्र श्रेष्ठ तथा…

सहारा क्लबले ‘पोखरा स्पोटर्स अवार्ड’लाई सघाउने

सहारा क्लब पोखराले छैटौं संस्करणको ‘पोखरा स्पोटर्स अवार्ड २०७८’ लाई सघाउने भएको छ। सहारा क्लब पोखराका अध्यक्ष हरीराम गुरुङ सुरज र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालबीच बिहिबार सम्झौता भएको छ। सम्झौताअनुसार सहाराले पोखरा स्पोटर्स अवार्ड अन्र्तगत उदीयमान खेलाडीको पुरस्कार प्रायोजन गर्ने भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिएकाम छन्। उदीयमान खेलाडीको पुरस्कार…

मादी गाउँपालिकाको बजेट ६५ करोड ४८ लाख

कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ६५ करोड ४८ लाख ८० बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको ११ औँ गाउँसभामा उपाध्यक्ष कल्पना गुरुङले सो बराबरको अनुमानित बजेट सभामा प्रस्तुत गरेको सभामा छलफलपछि सर्वसम्मत पारित भएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा ६२ करोड २२ लाख ४० हजार बराबरको बजेट पेश गरेकोमा आगामी आवमा बजेट…

पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक

पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरिएको छ। महानगरपालिकाको ११ औं नगरसभामा महानगरपालिका प्रमुख धनराज आचार्यले आ.व. ०७९/८० को वार्षिक नीति तथा कार्यक्रम नगरसभामा पेश गरेका हुन्। नीति तथा कार्यक्रममा क्षेत्रफलका आधारमा देशको सबैभन्दा ठूलो महानगरपालिका विविधतापूर्ण तथा ग्रामीण पहाडी क्षेत्र, अर्ध शहरी क्षेत्र र शहरी क्षेत्रसहित ३ थरी भौगोलिक अवस्था रहेको पोखरामा आर्थिक…

दुबई राजपरिवारका सदस्यको पोखरा भ्रमण

दुबई राजपरिवारका सदस्य शेख मोहम्मद बिन माक्तुम जुमा ला माक्तुमले पोखराको भ्रमण गरेका छन्। उनले पोखरा भ्रमण सकेर फर्किएका छन्। उनले पोखराको डेभिसफल, गुप्तेश्वर गुफा, फेवाताल लगायतका पर्यटकीय स्थलको भ्रमण गरे । भ्रमणपछि उनले पोखराको सुन्दरताको प्रसंशा समेत गरे । ‘पोखरा साँच्चै सुन्दर छ। यसको प्रचार राम्रोसँग भए पर्यटक बढ्छन्,’ उनले भने, ‘म छिटै लामो…

एसीसी महिला टी–२० च्याम्पियनसीपमा नेपाल हङकङसँग पराजित

एसीसी महिला टी–२० च्याम्पियनसीपमा नेपाल हङकङसँग ७ विकेटले पराजित बनेको छ। मलेसियाको किनरारा मैदानमा नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५ ओभर ५ बलमा मात्रै ३ विकेट गुमाएर भेटायो। हङकङकी मिरिको हिलले सर्वाधिक ४५ रन बनाइन्। बलिङतर्फ नेपालकी संगीता राईले २ र सीता मगरले १ विकेट लिए। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको…

गोरखाका १६ विद्यालयलाई विपद जोखिम न्यूनीकरणका खेल सामग्री

गोरखाका १६ सामुदायिक विद्यालयलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धी खेल सामग्री वितरण गरिएको छ। एकीकरण नेपाल गोरखाले आयोजना गरेको कार्यक्रममा गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानाले ति विद्यालयलाई सामग्री वितरण गरेका हुन्। विपद् व्यवस्थापनसम्बन्धी विभिन्न ७ प्रकारको खेल सामग्रीहरु वितरण गरेको हो। कागजको भाडा वनाउने तरिका, विपद्सम्वन्धी सर्प र भ¥याङ, आगलागीसम्वन्धी रिले दौड, पहिरो र भू–क्षयसम्वन्धी रुमालचोरी…

असार ९ गतेबाट ‘गण्डकी प्रज्ञा उत्सव’

गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने ‘गण्डकी प्रज्ञा उत्सव’ कार्यक्रमको तयारी पूरा भएको छ। मंगलबार आयोजकले पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार उत्सव यहीं असार ९ गतेबाट ११ गतेसम्म प्रतिष्ठानकै प्राङ्गण पोखरा–१ वगर उपल्लो क्याम्पस गेटमा हुनेछ। उत्सव अन्तर्गत पहिलो दिन असार ९ गते विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी २० जना कलाकारद्वारा पर्यटन, संस्कृति, धार्मिक…