पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन सुरु भएको छ। पोखराको सभागृहमा आयोजित सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन्। राष्ट्रपति भण्डारीले डिजिटल प्रविधिबाट उद्घाटन गरेकी हुन्। उद्घाटन समारोहमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य लगायतको उपस्थिति थियो। पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा संचालित सम्मेलनमा देशका ७५३ वटै पालिकाका…
पोखरामा देशभरका पालिकाका उपप्रमुख÷उपाध्यक्षहरु भेला हुने भएका छन्। स्थानीय तहमा निर्वाचित भएपछि न्यायिक समितिको संयोजकको रुपमा न्याय सम्पादनमा भैरहेका असल अभ्यास र चुनौतीहरुका विषयमा अनुभव अदान–प्रदान गर्ने उद्देश्यले पोखरामा भेला हुने भएको हो। देशभरका उपप्रमुखहरुलाई एकैथलोमा जुटाउने काम पोखरा महानगर न्यायिक समितिले गर्दैछ। संविधानमै व्यवस्था भएको न्यायिक समितिको जिम्मेवारी सम्हालेका ७५३ वटै स्थानिय तहमा कसरी…
दमौलीमा आगलागी तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकको भूपाल हार्डवेयरको गोदाममा गत अघिल्लो हप्ताको आइतबार आगो लाग्दा निस्केको धुवाँको मुस्लो। आगलागी भएको ४ घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो। भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो ४ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको थियो। भूपाल हार्डवेयर, ज्योति सप्लायर्स र केही स्थानीयका घरमा पनि आगोले क्षति पुगेको थियो। आगो…
युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय निशान चिलवाल छन्। नेपाल प्रहरीको साइबर ब्युरोले उनीहरूलाई बुधबार पक्राउ गरेको हो। प्रहरीका अनुसार परियार नेपाल मिडिया नामको युट्युब च्यानल संचालन गर्दै आएका…
नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको महिनाकै उत्कृष्ट खेलाडी अर्थात् ‘प्लेअर अफ द मन्थ’ को मनोनयनमा पर्न सफल भएका छन्। आईसीसीले आज (बुधवार) सार्वजनिक गरेको फेब्रुअरी महिनाको उत्कृष्ट ३ जना खेलाडीको सूचीमा नेपालका दीपेन्द्रसिंह ऐरीसँगै भारतका श्रेयस अयर र यूएईका वृत्य अरविन्द मनोनयनमा परेका छन्। भोटिङका आधारमा ३ जनामध्ये एक जना महिनाकै उत्कृष्ट खेलाडी…
पोखरामा अन्तरबटालियन भूतपूर्व भलिबल प्रतियोगिता सुरु भएको छ। ७५ औं भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय पेन्सन वितरण केन्द्र, रामबजारको पोखराको खेल मैदानमा आइतबारदेखि सुरु प्रतियोगितामा १८ बटालियनका टोलीले प्रतिस्पर्धा गर्दैछन्। भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख कर्णेल शशांक त्रिपाठीले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन्। बेस्ट अफ फाइवको आधारमा खेलाइएको प्रतियोगिताको उद्घाटन खेलमा ६/८…
विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको नेतृत्व महादेव मिश्रले सम्हालेका छन्। प्रतिष्ठानको शनिबार पोखराको सहिदपार्कस्थित घनश्याम ढकाल स्मृति कक्ष सभाहलमा सम्पन्न छैटौं अधिवेशनले मिश्रको नेत्वत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। प्रतिष्ठानको उपाध्यक्षमा कल्पना चिलुवाल, महासचिवमा श्रीकृष्ण अधिकारी, सचिवमा किरण थापा र कोषाध्यक्षमा सिर्जना ढकाल छन्। त्यस्तै, सदस्यहरुमा निर्मला न्यौपाने, राधा सापकोटा, राजु क्षत्री, राजेन्द्रमणि…
साउदी अरबमा भइरहेको काम र कम्पनी छोडेर बाहिर काम नगर्न गैर आवासीय नेपाली सङ्घ साउदी (एनआरएनए) ले आग्रह गरेको छ। पछिल्लो समय वैदेशिक रोजगारीको सिलसिलामा म्यानपावर र एजेन्टको झुटो आश्वासनमा परी नेपालीहरू साउदी अरबमा आउने तर भनिए अनुसारको काम, तलब र अन्य सुविधा नपाउने गरेको कारण आफू आएको कम्पनी छोडेर बाहिर काम गर्नेको सङ्ख्या बढेको…
प्रेस काउन्सिल नेपालले पछिल्लो समय एक अभिनेता र एक गायिकाका विषयमा विभिन्न संचारमाध्यम एवं सामाजिक सञ्जाल (युट्युब) बाट संप्रेषण भएका सामग्रीहरूप्रति गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ। काउन्सिलले आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराएको छ। दर्ता र सूचीकरण नभएका १० वेबपोर्टलहरूलाई नेपालभित्र संप्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार समेत गरेको…
पोखरा–२० मौजामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। गए राति १ बजे चक्कु प्रहार हुँदा ३५ वर्षीय गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। गुरुङलाई चक्कु प्रहारबाट गंभीर घाइते भएको अवस्थामा १ः३० बजे उद्धार गरी मणिपाल अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो प्रहरिका अनुसार घटनामा संलग्न रहेको आशंकामा २ जना शंकास्पद…