नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू विचारमा अडिग योद्धा रहेको भन्दै मैदान छोडेर नभाग्ने बताएका छन्। शनिबार काठमाडौँमा अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेपालले आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै आफूहरू मैदान छोडेर नभाग्ने बताएका हुन्। उनले निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक…
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै उनले पछिल्ला दिनमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आदर्शबाट विचलित हुँदै गएकामा चिन्ता व्यक्त गरे। मन्त्री पाइएन भने नेतृत्वको आलोचना गर्ने र मन्त्री पाएमात्र काम गर्ने प्रवृत्ति…
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ। सोमबारदेखि सुरु भएको १० औं बैठक आज पनि बस्ने भएको हो। बैठक दिउँसो ३ बजे तुलसीलाल प्रतिष्ठानमा बस्ने छ। सोमबारको बैठकले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जनालाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। आज यस विषयमा थप छलफल हुने बताइएको छ। यसअघि, १४ औं…
नेकपा एमालेका सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा संसद् सचिवालयसमक्ष बुझाएका हुन्। नेकपा एमालेमा देखिएको विवादका कारण उनले राजीनामा दिएको बताएका छन्। उनले राजीनामा पत्रमा भनेका छन्, ‘राजनीतिक नेतृत्वबाट देश र जनतालाई अनिश्चियतर्फ धकेलियो । राजनीतिक वृत्तको नेतृत्वमा देखिएको चरम सत्ता लिप्सा देख्दा नेपालीको मन रुन्छ । पार्टी एकताका लागि…
गण्डकी प्रदेश सरकारले पोखरा बाटुलेचौरका संगीतकार सुन्दर थापाको स्मृतिमा गठन गरिने सुन्दर थापा स्मृति प्रतिष्ठानका लागि २५ लाख बजेट विनियोजन गरेको छ। चाँडै नै गठन हुन गइरहेको थापाको स्मृति प्रतिष्ठानका लागि प्रदेश सरकारले बजेट छुट्टाएको हो। अब चाँडै प्रतिष्ठान गठन गरेर गीत÷संगीतको क्षेत्रमा काम गर्नका लागि बजेट विनियोजन गरिएको प्रदेश सरकारका प्रवक्ता एवं विज्ञान, प्रविधि…
भारतको सरकारले नै कोभिड १९ को महामारीको तेस्रो लहरको खतरा रहेको जनाएको छ। भारतको सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो। सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो। भारत सरकारको स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भी के पाउलले सो चेतावनी दिएको समाचार संस्था सिन्ह्वामा जनाइएको…
बेलायती न्यूज एजेन्सी रोयटर्सका भारतीय फोटोपत्रकार दानिस सिद्दिकी रिपोर्टिङ गर्ने क्रममा मारिएका छन्। अफगानिस्तानको युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङकै क्रममा कान्दार पुगेका सिद्दिकी सुरक्षाकर्मीकै घेरामा मारिएका हुन्। सिद्दिकी केही दिनदेखि अफगानिस्तानमा भइरहेको युद्धको रिपोर्टिङ गरिरहेका थिए। तालिवानले पाकिस्तानसँग सीमा जोडिएको मुख्य सीमा चौकीमाथि नियन्त्रण जमाएको थियो । सोही आक्रमणमा परि उनी मारिएका हुन्। हालसम्म उक्त आक्रमणमा कतिजनाको…
नेपालमा गत २४ घण्टामा ६ हजार ८५ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज (मंगलबार) १७ हजार १ सय ४७ पीसीआर परीक्षण गरिएकोमध्ये ५ हजार २ सय ८५ र ३ हजार १८ एन्टिजेन परीक्षणमा ८ सय जनामा पोजिटिभ देखिएको हो। यससँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ६६…
नेपालमा गत २४ घण्टामा ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज (मंगलबार) १६ हजार १ सय ३१ पीसीआर परीक्षण गरिएकोमा ७ हजार ५ सय ८७ जनामा र ५ सय ७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण देखिएको हो। यससँगै नेपालमा कूल संक्रमितको संख्या…
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। माओवादीको आज (मंगलवार) पेरिसडाँडामा बसेको अनौपचारिक स्थायी कमिटीको बैठकले २०७४ फागुन ३ गते दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। यो निर्णयसँगै सरकार अल्पमतमा परेको छ। माओवादी नेता देव गुरुङले मंगलबारको स्थायी समिति बैठकपछि संचारकर्मीहरुलाई पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिएका हुन्।ओलीले…