Author Archive »

राष्ट्रिय सभामा जाँदैं वामदेव गौतम

पोखरा । नेकपा उपाध्यक्ष वामदेव गौतम संघीय संसद्को माथिल्लो सदन (राष्ट्रिय सभा)मा जाने भएका छन् । बिहीवार बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १४ गतेको पार्टी निर्णयअनुसार उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिश गर्ने जानकारी गराएका हुन् । सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रिय सभाको रिक्त १ सीटमा गौतमलाई…

कास्कीमा थप ५ दिनका लागि निषेधाज्ञा लम्ब्याइयो

पोखरा । कास्कीमा जारी निषेधाज्ञा थप ५ दिन लम्ब्याइएको छ । पोखरालगायत जिल्लाको अन्य स्थानमा कोरोनाको जोखिम बढ्ने संभावना बढेसँगै कास्की जिल्ला प्रशासनले थप ५ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिम बढेपछि पहिलो पटक भदौको ३ गते राती १२ बजेबाट लागु गरिएको निषेधाज्ञाको समय अब १२ गते राती १२ बजेसम्म…

चीनद्धारा ‘गाओफेन–९०५’ नामको ‘रिमोट सेन्सिङ अप्टिकल सेटलाइट’ लङमार्चको उपग्रह प्रक्षेपण

पोखरा । चीनले ‘गाओफेन–९०५’ नामको ‘रिमोट सेन्सिङ अप्टिकल सेटलाइट’ लङमार्चको उपग्रह प्रक्षेपण गरेको छ । टाढाबाट स्पर्श गर्नसक्ने नयाँ ‘रिमोट सेन्सिङ अप्टिकल सेटलाइट’ सफलतापूर्वक प्रक्षेपण गरेको हो । चीनले आइतबार बिहान स्थानीय समयअनुसार १० बजेर १७ मिनेटमा उत्तर पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरेको हो । उसले उक्त उपग्रहलाई ‘लङमार्च टुडी रकेट’को माध्यममार्फत…

कोभिड–१९ का कारण विदेशी भूमिमा १९१ जना नेपालीको मृत्यु, ७६ शव विदेशमै अलपत्र

पोखरा । कोभिड–१९ को संक्रमणबाट नेपालबाहिर १ सय ९१ जनाको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को तथ्यांकमा नेपालसहित विश्वभर २ सय ९३ जना नेपालीको मृत्यु भएको उल्लेख छ । नेपालमा कोभिड–१९ को संक्रमणको कारण १ सय २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल विश्वभर ३८ देशमा नेपालीहरुमा संक्रमण…

तनहुँमा ६ चितुवा मरे, ८ को जीवितै उद्धार

तनहुँ । आर्थिक वर्ष ०७६/०७७ मा तनहुँका विभिन्न स्थानमा गरी १ बच्चासहित ६ चितुवा मरेको जनाएको छ । सो अवधिमा ८ चितुवाको जीवितै उद्धार गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले जिल्लाको भानु नगरपालिकामा ५ र व्यास नगरपालिकामा १ चितुवा मृत फेला परेको जनाएको हो । कार्यालयका अनुसार भानु नगरपालिकामा ५, बन्दिपुर नगरपालिकामा २ र…

लकडाउन अवधिभर नेपालमा २ सय ३४ अन्तर्राष्ट्रिय उडान

पोखरा । नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ अन्तरराष्ट्रिय उडान भएका छन् । बन्दाबन्दीको तीन महिनाको अवधिमा यात्रु चार्टर्ड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तरराष्ट्रिय विमानस्थलबाट आवत–जावत भएको विमानस्थलले जनाएको छ । यी उडानबाट ११ हजारभन्दा बढी यात्रु नेपाल आएका छन् भने १३ हजार यात्रु नेपालबाट बाहिरिएका छन्…

चीनले भन्यो, २० सैनिकको ज्यान जानेगरी भएको गलवान घटनामा भारत जिम्मेवार

काठमाण्डौं । लद्दाखको गलवान आफ्नो अधिकार क्षेत्रभित्र पर्ने चीनले जवाफ दिएको छ । चीनको विदेश मन्त्रालयले गलवान आफ्नो अधिकार क्षेत्रभित्र पर्ने प्रतिक्रिया दिएको हो । चीनले आफ्नो हिरासतमा भारतीय सैनिक नरहेको पनि प्रष्ट पारेको छ । बिहीबार मात्रै नियन्त्रणमा लिएका कर्णेल सहित दश जना भारतीय सैनिकलाई चीनले छोडेको थियो । विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले…

नेपाल सरकारले विदेशमा अलपत्रहरू परेकाको निःशुल्क उद्धार कार्यविधि बनाउँदै

काठमाण्डौं । सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेर पनि खर्चको अभावले स्वदेश फर्किन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन कार्यविधि बनाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति लिएर गएका तर कोरोनाका कारण रोजगारी गुमाएर बेचर्खी भएका नेपाली श्रमिकलाई उद्धार गर्न कार्यविधि बनाउन थालेको हो । सर्वोच्च अदालतले…

कोपा इटालियाको उपाधि नापोलीले जित्यो

पोखरा । कोपा इटालियाको उपाधि नापोलीले जितेको छ । बुधबार भएको फाइनलमा नापोलीले युभेन्टसलाई टाइब्रेकरमा ४–२ ले हराउँदै उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा युभेन्टसका लागि पहिलो प्रहार नै विफल भएको थियो । नापोलीका गोलरक्षक एलेक्स मेरेटले पाउलो डिबालाको प्रहार बचाएका थिए ।…

फर्कियो इङ्ल्यान्डमा पनि फुटबल, आर्सनलमाथि म्यानचेस्टर सिटीको शान्दार जित

पोखरा । कोरोना भाइरसको महामारीपछि इङ्लिस प्रिमियर लिग समेत सुचारू भएको छ । महामारीको लडकडाउनपछि बुधबारदेखि सुचारु प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शान्दार जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले आर्सनलमाथि ३–० को प्रभावशाली जित हात पारेको हो । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले पहिलो हाफको इन्जुरी समयमा…