Author Archive »

गोरखाको पालुङटार च्याङलीको डोटीचौतारा–बिरुवाटार सडक कालोपत्रे हुँदै

गोरखाको पालुङटार नगरपालिकाअन्तरगतको डोटीचौतारा–बिरुवाटार सडक कालोपत्रे हुने भएको छ। नगरपालिकाको सबैभन्दा जनघनत्व बढी भएको वडामध्ये ७ र ८ नम्बर वडाको कृषिजन्य उत्पादित बस्तु सहज तरिकाबाट बजारसम्म ल्याउन डोटीचौतारादेखि बिरुवाटारसम्म झण्डै २ किलोमिटर सडक खण्ड कालोपत्रे हुने भएको पालुङटार नगरपालिकाका नगरप्रमुख बिबश चिन्तनले जानकारी दिएका छन्। उनका अनुसार पालुङटार नगरपालिकाको चालु आर्थिक बर्षको बजेटबाट सडक कालोपत्रे…

लमजुङको सुन्दरबजारमा ‘बौद्धिक अपांगता भएका व्यक्तिबारे वकालत’ कार्यक्रम

लमजुङको सुन्दरबजारमा ‘बौद्धिक अपांगता भएका व्यक्तिबारे वकालत सबाल विषयक वकालत’ कार्यक्रम गरिएको छ। लमजुङको अन्नपूर्ण बौद्धिक मन्दता अभिभावक संघ लमजुङले (बुधबार) सुन्दरबजार नगरपालिकाको सभाहलमा सो नगरपालिकाको स्थानीय सरकार तथा जनप्रतिनिधिहरुसँग उक्त कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा बौद्धिक मन्दता भएका व्यक्तिहरुको पहिचान, त्यस्ता व्यक्तिहरुलाई घर–परिवार र समाजले गर्नुपर्ने व्यवहार एवं उनीहरुलाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा…

जनकपुर बोल्ट्स एनपीएल क्रिकेटको फाइनलमा

जनकपुर बोल्ट्स पहिलो संस्करणको फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ। काठमाण्डौंको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज (बिहीबार) भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई २ विकेटले हरायो। कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर भेट्टायो। जनकपुरका जेम्स नीशमले १७ बलमा सर्वाधिक ४५ रन बनाए। कर्णालीका विपिन शर्माले २…

रवि लामिछानेको हिरासत तस्बीर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भनिएको हिरासत तस्बीर सार्वजनिक गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्। उक्त विषयमा यथार्थ छानबिन गरी दोषीलाई तत्काल कारबाहीमा ल्याउन निर्देशन गृहमन्त्री लेखकले निर्देशन दिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले बुधबार साँझ सामाजिक सञ्जालमा हिरासत कक्षभित्रको तस्बीर भन्दै सार्वजनिक गरेपछि गृह…

यु–१९ महिला एशिया कपमा नेपाल र श्रीलंकाले अंक बाँड्यो

एसीसी यु–१९ महिला एशिया कप क्रिकेटमा नेपाल र श्रीलंकाले अंक बाँडेका छन्। प्रतियोगिताअन्तर्गत ’सुपर–फोर’ मा नेपाल र श्रीलंकाबीचको खेल नतिजाविहीन भएपछि दुबै देशले समान १÷१ अंक बाँडेको हो। मलेसियाको क्वालालम्पुरमा वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल नतिजाविहीन भएको बन्यो। श्रीलंकाले १ ओभरमा १ विकेट गुमाएर १ रन बनाएको अवस्थामा वर्षाका कारण खेल बाधक बन्यो। नेपालकी…

पोखरामा हुने बेलुन महोत्सवको सबै तयारी पूरा

पोखराको पामे क्षेत्रमा यही पुसको ९ गतेदेखि बेलुन महोत्सव हुँदैछ। महोत्सवको सबै तयारी पूरा भएको जनाइएको छ। आयोजक बेलुन नेपाल प्रालिका प्रबन्ध निर्देशक सविन महर्जनकाअनुसार नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाईमा लग्न बीवाइडी इन्टरनेशनल बेलुन महोत्सव गर्न लागिएको हो। महोत्सवमा झन्डै २ दर्जन बेलुन पोखरेली आकाशको उच्च उचाईमा पुग्ने महर्जनले बताए। महोत्सवमा २५ वटा बेलुन ५…

‘प्रसारणका विषयवस्तुहरुलाई नागरिक केन्द्रीत बनाउँ’

सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) का नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले प्रसारणका विषयवस्तुहरुलाई नागरिक केन्द्रीत बनाउन निर्देशन दिएका छन्। रेडियो नेपालको केन्द्रिय कार्यालय सिंहदरबारमा आज (बुधबार) आयोजित स्वागत कार्यक्रममा कार्यकारी अध्यक्ष डा. विष्टले भने, ‘राष्ट्रको आवश्यकताका आधारमा २ सरकारी संचार माध्यमहरु रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी सार्वजनिक प्रसारण संस्था बनाइएकोले जनताका आवाज…

‘विद्यार्थीको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिका प्रशंसनीय छ’

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले खेलकुद शिक्षासँगै विद्यार्थीहरुको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिकाको प्रशंसा गरेका छन्। गण्डकी विश्वविद्यालयद्वारा पोखरा रंगशालामा आयोजित दोस्रो संस्करणको कुलपति रनिङ शिल्ड माविस्तरीय छात्र फुटबल प्रतियोगिताको बुधबार समापन कार्यक्रममा बोल्दै उनले यस प्रकारको प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले विश्वविद्यालयले खेलकुदको शिक्षासँगै…

कास्की, मादीका जेहेन्दार विद्यार्थीहरुलाई लत्ताकपडा सहयोग

कास्कीको मादी गाउँपालिकाका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ को सहयोग मिलेको छ। सो गाउँपालिकाका विभिन्न २ विद्यालयका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ ले लत्ताकपडा सहयोग गरेको हो। गत असोजमा ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ मा सम्पन्न सांगीतिक कार्यक्रममार्फत संकलित रकममध्ये केही रकमको लत्ताकपडा मादी गाउँपालिका–७ को बालपदम र मादी–६ को शिवशक्ति…

सूदूरपश्चिम रोयल्स एनपीएल क्रिकेटको फाइनलमा

सूदूरपश्चिम रोयल्स पहिलो संस्करणको फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ। काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (बुधबार) भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ८ विकेटले हराउँदै सूदूरपश्चिमले फाइनल पक्का गरेको हो। आज भएको पहिलो क्वालिफायरमा सूदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हरायो। जनकपुरले दिएको १४० रनको लक्ष्य सूदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर…