बंगलादेशी क्रिकेटर मुश्फिकुर रहिमले कोरोनाविरुद्धको कोषमा रकम जम्मा गर्न ‘ब्याट’ लाई लिलाममा राखेका छन् । कोरोना भाइरसविरुद्धको अभियानमा बंगलादेशी क्रिकेटका ब्याट्सम्यान मुश्फिकुर रहिम पनि जोडिएका हुन् । उनले कोरोना विरुद्धको ‘फण्ड कलेक्सन’का लागि आफ्नो ‘ब्याट’ लिलाम गर्न लागेका हुन् । रहिमले लिलामीबाट प्राप्त हुने रकम कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेका बंगलादेशी जनताका लागि खर्च गर्ने बताएका…
प्रिमियर लिग उपाधिको निकै नजिक रहेको इङ्लिस क्लब लिभरपुल यतिबेला बाँकी खेलको पर्खाइमा छ । यस सिजनमा फरक अंकले शीर्ष स्थानमा रहेको लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको उपाधि नजिक छ । यस सिजनमा सम्हालिएर खेलेको लिभरपुलले सबै क्लबलाई निकै पछि पार्न सफल बनेको छ । लिगको उपाधि होडमा रहेको दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई लिभरपुलले २५…
इङ्ल्याण्ड फुटबलका पूर्व कप्तान डेभिड बेकह्यामले रोनाल्डो भन्दा मेस्सी नै उत्कृष्ट फुटबलर रहेको आफ्नो धारणा राखेका छन् । हालको फुटबल जगतमा दुई फुटबल सुपर स्टार अर्जेन्टिनी लियोनेल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने बहसमा भाग लिएका बेकह्यामले यस्तो आफ्नो धारणलाई यसरी राखेका हुन् । उनी भन्छन्, ‘मेस्सीको स्तरका उनी एक्लो खेलाडी हुन् ।…
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले संकटप्रर्ण अवस्थामा सबै व्यावसायिक क्रिकेट खेलाडीहरुलाई म्याच फिक्सरहरुसँग सावधान रहन आग्रह गरेको छ । आइसीसीका भष्ट्राचार निरोधि समितिका प्रमुख एलेक्स मार्शलले यस्तो बताएका हुन् । एलेक्सले भने, ‘कोभिड–१९ का कारण विश्वभरिका अन्तराष्ट्रिय, घरेलु तथा सबै प्रतियोगिताहरु रद्द भएका छन् । तर, भ्रष्टाचारीहरु अहिले पनी सक्रिय छन् । अहिले हाम्रो काम…
एअर इन्डियाद्वारा शनिबार मे ४ देखि आन्तरिक र जून १ बाट अन्तर्रा्ष्ट्रिय बुकिङ् खोल्ने घोषणा गरेको छ । कोरोना भाइरसका कारण लकडाउन घोषणा भएपछि भारतको आन्तरिक तथा बाह्य दुवै हवाइसेवा बन्द रहेको छ । पछिल्लो पटक कोरोना भाइरसको संक्रमण रोकथामका लागि भारतले वैशाख २१ गतेसम्म लकडाउन बढाएको छ । सरकारको लकडाउन गर्ने निर्णयपछि एअर इन्डियाले…
पोखरा । कोरोना भाइरसविरुद्वको लडाईँ जितेर बागलुङकी एक बृद्धा १७ दिनपछि घर फर्किएकी छन् । बागलुङ नगरपालिका–३ गौँडाकोटकी ६५ बर्षिया मनकुमारी पौडेल धौलागिरी अञ्चल अस्पताल बागलुङबाट डिस्चार्ज भएर घर फर्किएकी हुन् । उनलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबि रानामगरले फुल दिएर विदाई गरे । उनी कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार डिस्चार्ज भएर घर फर्किएको धौलागिरी…
पोखरा । यही वैशाखको अन्तिममा आयोजना गर्ने तयारीमा रहेको पाँचौं राष्ट्रिय भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगित गरिएको छ । नेपाल भलिबल संघ एनभीएले शनिबार विज्ञप्ति जारी गर्दै अहिले फैलिएको (कोभिड–१९) को महामारीले गर्दा लिग अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो । लिग वैशाखको २५ देखि जेठको १ गतेसम्म हुने तय भएको थियो । एनभीएले…
पोखरा । कोरोना भाइरस (कोभिड १९) लाई जितेर काठमाण्डौकी १९ वर्षीया किशोरी घर फर्किएकी छिन् । घर फर्किँदै गर्दा उनले कोरोना भाइरसको संक्रमण हुँदा जसलाई पनि डर लाग्ने भएपनि नआत्तिन उनले आग्रह गरेकी छिन् । उनले भनेकी छिन, ‘रोग भन्नेबितिकै हामी सबै आत्तिन्छौँ । तर, नआत्तिनुस, सजग भएर उपचार गराइयो भने कोरोनाको संक्रमण निको हुन्छ…
चीनमा विश्वकै ठूलो एभरगार्ड फुटबल रंगशालाको निर्माण कार्य सुरु गरिएको छ । चिनियाँ सुपर लिग क्लब गोन्जाओ एभरगार्डले रंगशालाको निर्माण कार्य सुरु गरेको हो । चीनमा अहिले कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि गोन्जाओले आफ्नो घरेलु रंगाशालाको निर्माण कार्य शुरु गरेको हो । सन् २०२२ सम्म एभरगार्ड रंगशालाको निर्माण कार्यसक्ने लक्ष्य छ । कुल १…
पोखरा । राष्ट्रपति कार्यालयले साँढे ९ करोड रुपैयाँ नेपाल सरकारको खातामा जम्मा गरेको छ । देशमा कोरोना भाइरसको कारण विषम परिस्थिति उत्पन्न भएको भन्दै राष्ट्रपति कार्यालयले आर्थिक वर्ष २०७६/०७७ को विभिन्न शीर्षकको बजेट कटौती गरेर ९ करोड ५० लाख रुपैयाँ सरकारको संघीय सञ्चित कोषमा जम्मा गरिएको जनाएको छ । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको…